शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

आइतवार , मंसिर १९, २०७८

काठमाडौं ९ मंसिर -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।

पदाधिकारीमा को–को भए विजयी ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् ।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । २२ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । पाठक कमद थापा प्यानलका हुन् ।

महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापा १६ सय ४० मत प्राप्त गरिन् ।

प्रतिक्रिया