काठमाडाैं- सिन्धुली जिल्ला क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद लेखनाथ दाहाल (राजन) माथी अभद्र व्यवहार भएको छ । सिन्धुलीबाट दुधौली नगरपालिका आउने क्रममा केही उछृङ्खल यूवाहरुले उनीमाथि दुर्व्यवहार गरेका हुन्।
सिन्धुलीबाट दुधौली नगरपालिका आउने क्रममा मदन भण्डारी सडकखण्ड अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ३ झुङामा स्थानीय कर निकासीका लागि राखिएको ढाटमा पैसा असुल्ने यूवाहरुले सांसद दाहालमाथि दुर्व्यवहार गरेकाे जनाइएकाे छ। सांसद दाहालसँगै जिल्ला समन्वय समितिका उपप्रमुख सम्झना अधीकारी दनुवार माथि पनि अभद्र व्यवहार भएकाे छ। उनीमाथि दुधौली आउने क्रममा ढाटमा पैसा दिँदा खुल्ला पैसा दिनु भन्दै यूवाहरुले गालिगलोज गरेका हुन्।
स्थानीयहरुले प्रदेश सांसद भनी चिनाउँदा समेत संसद र उपप्रमुखमाथि अपशब्द बोलेर गाली गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुधौली नगरपालिकाले करिब एक बर्षदेखि ठेक्कामार्फत् संचालनमा ल्याएको निकासी करको विषयमा बारम्बार विवाद हुने गरेको छ । यता यस विषयमा दुधौली नगरपालिकाले भने भोलि बस्ने नगर कार्यपालिकाको बैठकले निर्णय गर्ने दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए।
लोकपाटी न्यूजबाट साभार