काठमाडौं,१६ मंसिर – नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ५६ पैसा र विक्रीदर १२० रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र विक्रीदर १३६ रुपैयाँ ११ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १५ पैसा र विक्रीदर १५९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०९ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५२ पैसा र विक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र विक्रीदर ९४ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ५९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८७ पैसा र विक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३३ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १४ पैसा र विक्रीदर १० रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २५ पैसा र विक्रीदर १३ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २१ पैसा र विक्रीदर १८ रुपैयाँ ३० पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३४ पैसा र विक्रीदर १५ रुपैयाँ ४१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ १५ पैसा र विक्रीदर ३९७ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ १४ पैसा र विक्रीदर ३१८ रुपैयाँ ७३ पैसा रहेको छ ।
