शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिटिजनको मृत्यु दाबी भुक्तानि कार्यक्रम सम्पन्न

आइतवार , मंसिर १२, २०७८

सिन्धुली– सिटिजन लाईफ इन्स्योेरेन्स, सिन्धुली शाखाले शुक्रबार मृत्यु दाबी भुक्तानि कार्यक्रम संचालन गर्दै मृतक सदस्यको परिवालाई ११ लाख २० हजार रुपैँयाको चेक हस्तान्तरण गरेको छ । तीनपाटन गाउँपालिका वडा नम्बर ५ कि दान कुमारी रमौलीको परिवालाई इन्स्योरेन्सले सो रकम बराबरको चेक हस्तान्तरण गरेको सिन्धुली शाखाका प्रमुख संजय श्रेष्ठले बताउनुभयो । दुई वर्षअघि १० लाख रुपैँयाको वार्षिक अग्रीम भुक्तानि बिमा गरेको श्रेष्ठले बताउनुभयो । कम्पनिका अभिकर्ता कैलाश बस्नेतले दान कुमारीको छोरा नबिन रमौलीलाई चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले इन्स्योरेन्स सुख दुखको साथी भएकाले हरेक नागरिले बिमान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया