शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका एक वडा अध्यक्षको दुर्घट्नामा मृत्यु

बिहिवार , मंसिर ९, २०७८

सिन्धुलीको दुधौली नगरपालिका ७ का वडा अध्यक्ष कुमार बस्नेतको मृत्यु भएको छ । विहिबार पुर्ब पश्चिम राजमार्ग स्थित सप्तरी सुरुङ्गा नगरपालिका ५ कुशहामा पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना ३ ख ३१४९ नम्बरको बसले वडा अध्यक्षले चलाएको मोटसाइकललाई ठक्कर दिदाँ अध्यक्ष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रहरी प्रमुख एवं प्रवक्ता, प्रहरी उपरिक्षक माधव प्रसाद काफ्ले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अध्यक्ष बस्नेतको उपचारको लागि सप्तऋषि अस्पताल लहान सिरहामा लैजादा चिकित्सकले मृत्यु घोषना गरेको थियो ।

दुर्घटना भएको स्थानमा इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट प्रहरि निरिक्षकको कमाण्डमा मुचुल्का सहितको टोली खटि थप अनुसन्धान कार्य भईरहेको छ । बस चालक भने फरार रहेको डिएसपि काफ्लेले बताउनुभयो । बस र मोटसाइकल प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो । मृतक बस्नेत नेपाली काँग्रेसबाट निवाचित वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया