सिन्धुली– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुली लगायत देशभर सोमबार संघीय निर्वाचन क्षेत्र अधिवेशन हुदैँछ । केन्द्रमा कस्तो नेतृत्वलाई अघि बढाउने देखि जिल्लाको नेतृत्वमा कस्लाई चयन गर्ने महत्वपुर्ण भुमिका महाधिवेशन प्रतिनिधि र क्षेत्रिय कार्यसमितिको हुन्छ । त्यसैले पनि संघीय निर्वाचन क्षेत्र अधिवेशनलाई विशेष रुपमा हेरिएको छ । दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २५÷२५ जना महाधिवेशन प्रतिनिधिमा चयन हुने छन् । महाधिवेशन प्रतिनिधिकालागि उम्मेद्वारी घोषणा गर्नेको संख्या ठूलो छ । त्यसैलेपनि जिल्लाबाट कस्तालाई महाधिवेशन प्रतिनिधिमा चयन गर्ने भनेर कांग्रेसभित्र व्यापक छलफल चलिरहेको छ ।
यसैबिच, सिन्धुलीको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा विश्व सम्बन्ध परिषदका महासचिव अशिम जंग थापाको उम्मेद्वारीलाई विशेष रुपमा हेरिएको छ । महाधिवेशन प्रतिनिधिको बलियो दाबेदार रहनुभएका थापा चुनावी दौडमा अग्रपंक्तिमा रहेको नेपाली कांग्रेसका वडा सभापति तथा मतदाताहरुले बताएका छन् । मिजाशिला र सबै उमेर समूहका नेता कार्यकर्तासँग राम्रो सम्बन्ध रहेको थापाले वडा–वडामा पुगेर नेता तथा कार्यकर्तालाई राजनैतिक चेत बढाउन लागिरहनुभएको छ । नेता तथा कार्यकर्तामा राजनैतिक संस्कार र ज्ञान भए जिल्लामा नेपाली कांग्रेसलाई मजबुत बनाउन सकिने बताउदैँ आउनु भएका थापाले युवाहरुलाई राजनितिप्रति आकर्षित गर्न कार्यक्रम संचालन गर्दै आउनुभएको छ ।
नेपाली कांग्रेसतर्फ जिल्ला पञ्चायत सिन्धुलीको दुई कार्यकाल सभापति र जननिर्वाचित पुर्वसभासद समेत रहनुभएका टिकाजंग थापाको पुत्र अशिमले युवाको जोशलाई प्राथमिकतामा राखेर चुनावी दौडमा होमिएको पुराना नेता तथा नेपाली कांग्रेस मरिण गाउँपालिकाको उपसभापति हरि बाबु कार्कीले बताउनुभयो ।
राजनैतिक घट्नाक्रमसँग नजिक भएका थापाले संगठन सुदृढिकरणकालागि गाउँगाउँमा पुगेर कांग्रेसको निति र विचारका बारेमा जानकारी दिइरहनुभएको छ । जिल्लामा गुटलाई भन्दा पनि सिंगो पार्टीको प्रगतिमा नेतृत्व लाग्नुपर्ने बताउदैँ आएका थापाले कार्यकारी पद नपाउँदा त जिल्लामा कांग्रेसलाई मजबुत बनाउन लागिपरेको र जिम्मेवारी पाए झनै ससक्त भएर अघि बढ्ने जिल्लाका नेता तथा कार्यकर्ताले विश्वास लिएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा समेत सहभागिता जनाइसक्नुभएका थापाले सिन्धुलीको राजनितिलाई नजिकबाट निहालेर कांग्रेसलाई बलियो बनाउने लाईनमा रहेको उपसभापति कार्कीले बताउनुभयो । पारिवारिक राजनैतिक छवि राम्रो भएको र राजनितिको बारेमा फराकिलो सोच रहेको थापाको उम्मद्वारीले युवा तथा पुराना नेताहरुमा खुशियाली छाएको छ । थापाले पार्टीलाई राम्रोसँग हाक्न सक्ने र जिल्लामा कांग्रेस बलियो बनाउन उनका योजनाहरु बुलन्द रहेको कांग्रेसजनमा चर्चा हुने गरेको छ । राजतिति सम्बन्धि विषयमा स्नताक गर्नुभएको थापाको उम्मेद्वारीले कांग्रेसलाई माया गर्नेहरुमा नयाँ उमंग थपेको छ ।
राजनितिको उतारचढावसँग परिचित थापाको कांग्रेस सुदृढिकरण र कांग्रेसलाई मजबुत बनाउने जोशमा उत्साह र प्रेरणा थप्न मतदाताले सहयोग गर्नुपर्ने राजनितिकर्मीले बताएका छन् । राजनैतिक चेत र संस्कार बोकेका उर्जावान नेतालाई पार्टीको जिम्मेवारी दिन सके कांग्रेसले गतिलिने जिल्लाका राजनैतिक विश्लेषकहरुले बताउने गरेका छन् ।