बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमसीसी बहुमतले पास गर्छौ : महामन्त्री कोइराला

मंगलवार , कार्तिक २३, २०७८

सिन्धुली, –नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले एमसीसी पास हुने बताउनु भएको छ । संसदबाट बहुमतले पास गर्नुपर्ने भएकाले केहि छलफल गरेर पास गर्ने उहाँले बताउनु भयो । नेपाली काँग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बरालको मातृशोकमा दुःख प्रकट गर्न सिन्धुली आउनु भएको काँग्रेस महामन्त्री कोइरालाले एमसीसी पास गर्दा अमेरिकी सेना आउने भन्ने हल्लानै बकवास भएको बताउनु भयो ।

एमसीसी साथ सेना पनि आउछ भन्ने हल्ला छ, यो पुरै बकवास कुरा हो, उहाँले भन्नु भयो, “यसमा कुनै आधार छैन सेना आउने । यो हाम्रो नेपालको संविधान अन्र्तगतनै रहन्छ दुई तिहाइको बहुमतले सदनबाट पास गर्नुपर्छ हामी पास गर्छौ” ।

उहाँले अदालतको विवादित विषय प्रधानन्यायधिश चोलेन्द्र शमसेरलेनै समाधान गर्नुपर्ने बताउनु भयो । प्रधानन्यायधिशले राजिनामा गरेर होस् वा आफ्ना साथिहरुलाई सम्झाएर होस्, यो समाधान हुनुपर्छ, प्रधानन्याधिश आफैले समाधान गर्नुपर्छ । न्यायपालिकाको सर्वोच्च व्यक्तिनै प्रधानन्याधिश भएकाले समस्या समाधान गरेर लोकतन्त्र बचाउनुपर्ने उहाँको धारणा थियो ।

“यो जल्दोबल्दो र गम्भिर समस्या हो, यो तत्काल समाधान हुनुपर्छ नत्र बल्लबल्ल ल्याएको लोकतन्त्रनै संकटमा पर्न सक्छ”, उहाँले भन्नु भयो, “यो कुनै राजनीतिक निकायबाट भन्दा पनि चोलेन्द्र शम्सेर आफैले सल्लाअसुझाव लिएर समस्याको समाधान गर्न लाग्नुपर्छ ।”

सरकार रहेसम्म गठबन्धन हुने धारणा राख्दै उहाँले चुनावमा कुनैपनि गठबन्धन गर्न नहुने र आफ्नै बलले चुनाव लड्नुपर्ने आफ्नो बटम लाइन भएको उहाँको भनाई छ ।

नेपाली काँग्रेसकाको महाधिवेशन तोकिएको समयमा नभए पार्टीको अतित्वनै समाप्त हुने खतरा भएकाले महाधिवेशन जसरी पनि हुने उहाँले बताउनु भयो । हाम्रो सम्पुर्ण ध्यान महाधिवेशन तर्फनै भएकाले महाधिबेशन गरेरै छाड्ने जिकिरी गर्नु भयो । उहाँले महाधिवेशन पछाडी मात्रै स्थानिय तहको चुनाव हुने बताउनु भयो ।

सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएका नेताहरु शेखर कोइराला, रामचन्द्र पौडेल प्रकाशमान सिंह विमलेन्द्र निधि भन्दा बलियो उम्मेदवार आफै भएकाले सभापतिमा उठ्ने घोषणा गरेको उहाँले बताउनु भयो । “सबैभन्दा दरिलो उम्मेदवार म नै छु, किनकी म विपीको पुत्र हु,” उहाँले भन्नु भयो, “म महामन्त्री भइसकेको हैसियतले पनि म दरिलो उम्मेदवार हुँ ।”

प्रतिक्रिया