शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पुण्य र जयकिसनबिच लाईभमै हानाहान (भिडियोसहित)

शुक्रवार , कार्तिक १९, २०७८

सामाजिक संजालका स्टार पुण्य गौतम र नायक तथा निर्देशक जय किसन बस्नेतबिच लाईभ कार्यक्रममै झगडामा उत्रिएका छन् । युट्युबका बादशाह पुण्यलाई बस्नेतले नराम्रो व्यवहार देखाएका छन् । टिकटकमा भएको खेलमा पुण्यले बस्नेतलाई दश पटक हराएपछि बस्नेत चिढिएका हुन् । बिजुली पानी खाएर बस्नेतले आफूमाथि आरोप लगाएको पुण्यले बताएका छन् ।

नेकपा एकिकृत समाजवादि पार्टीको केन्द्रिय नेता समेत रहेका पुण्यलाई बस्नेतले यस्ता मान्छे पनि नेता हुन्छन् भन्दै आबेशमा आएका थिए । प्रतिउत्तरमा पुण्यले बस्नेत काम नलाग्ने मान्छे भएको बताएका थिए । पुण्यले अमेरिकाको राष्ट्रपति जोइ बाइडेनसँग अन्तर्वार्ता नदिएको र यो व्यत्ति जोइ होइन्, जय भएको भन्दै दर्शकलाई हसाँएका थिए । पत्रकारले हात मिलाउन लगाएपछि पुण्यले आफूहरुको मन नमिलेको र अन्तर्वार्ताकर्ता पनि ऋषि धमला नभएको र आफूहरुपनि वकिल नभएको बताएका थिए ।

पुण्यले आफू धूम ४ फिल्म हेर्न नजाने भन्दै बस्नेत राष्ट्रपति हुनुपर्ने बताएका थिए । बस्नेतले भने पुण्य नेता नभएर प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका थिए । जयले निर्देशन गरेको चलचित्र हेर्न आफू नजाने भनेपछि माहोल बिग्रीएको थियो । जयले भने आफ्नो फिल्म हेर्न नआएमा घिसारेर फिल्म हेराउने बताए । बस्नेतले एकाएक कठालो समातृर पुण्यप्रति जाई लागेका थिए । बस्नेतको व्यवहार यति नराम्रो थियो उनले पुण्यलाई खुट्टाले छोइदिने बताउनुभएको थियो । पुण्यले मुख छोडेको भन्दै जय किशनले नराम्रो व्यवहार गरेका थिए ।

कस्को बाबाको कत्रो भिटामिन भन्दै आफू फिल्म हेर्न नजाने पुण्यले बताए । आफूहरु अबदेखि कहिले नमिल्ने भन्दै पुण्य बिच्किएका थिए । लाईभ कार्यक्रम संचालन हुदाहुदैँ जय र पुण्यले बिचमै कार्यक्रम छोडेका थिए । नायक जयकिशनको पैसा कमाउन नराम्रो व्यवहारः उक्त अन्तर्वार्ता जयकिशनले नै पत्रकार बोलाएर संचालन गरेका थिए । दुईजनाबिचको हानाथाप देखाएर दर्शकलाई भिडियो हेर्न उक्साएको प्रतिक्रियाहरु आएका छन् ।

यता, पुण्यलाई भने दर्शकहरुले बस्नेत जस्ता अनावश्यक व्यक्तिसँग साक्षत्कार गरेर आफ्नो छवि नबिगार्न आग्रह गरेका छन् । जयकिशन तिनै हुन् जस्ले डाँडापारिको फूल फिल्मका निर्माताको ८० लाख डुबाइदिएका थिए । जयकिशन अहिले आफैँले भिडियोहरु बनाउने गर्छन् । उनको आम्दानिको श्रोत भनेको भिडियो हो ।

दाजु भाईको एउटै पाराः सोभित बस्नेत र जयकिसन सहोदर दाजुभाई हुन् । धेरै वर्षअघिका चलेका कलाकारका रुपमा दुवैलाई लिइन्छ । तर, अहिले भने उनीहरुको न त फिल्म चल्छ न त उनीहरुलाई दर्शकले रुचाउँछन् । उनीहरुको एउटै ध्येय भनेको दर्शकलाई झुक्याएर फिल्मको चर्चा बटुल्नु हो । यो किन पनि सत्य हो भने केहि महिनाअघि रिलिज भएको डाँडापारिको फूल फिल्मलाई सोभितको अनावश्यक बठाईले निर्माता डुब्नु समेत डुबेका थिए । फिल्मका कलाकार भुवन केसी महानायक भएको भनेपछि उनले निर्देशन गरेको फिल्म हेर्न जम्मा छ जना दर्शकमात्र हलमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया