सिन्धुलीमा चोरी मुद्धामा ४ वर्ष देखि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका कमलामाई नगरपालिका ६ ऐसेलुजगार का १८ वर्षिय अर्जुन भन्ने लोकबहादुर रम्तेललाई आइताबार प्रहरीले पक्राउ गरेको हो । रम्तेलाई साधारण चोरी मुद्धामा जिल्ला अदालतको ०७४ माघ १७ गते ५ दिन कैद सजाय तोकेको थियो । हालसम्म फरार रहेका रम्तेलाई खोजतलास गर्ने क्रममा कमलामाई नगरपालिका ६ ऐसेलुजगार स्थित आफ्नै घरअगाडी बाटोमा फेला पारी पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । पक्राउ गरिएको रम्तेललाई आबस्यक कार्बाहीको लागी जिल्ला अदालत सिन्धुलीमा पठाइएको उहाँले जानकारी दिनुभयो ।