शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दशैँमा छाक टार्न कमलामाईको सहयोग

मंगलवार , आश्विन २६, २०७८

सिन्धुली – कमलामाई नगरपालिकाले अपांग, असाहय, सुकुम्बासी र अनाथ परिवारलाई खाद्यन्नको सामाग्रीसँगै नगद सहयोग गरेको छ । नरप्रमुख खड्ग बहादुर खत्रीले सोमबार कमलामाई नगरपालिका ४ सातत्रेका अपाङ, अनाथ, असाहय र सुकुम्बासीका २० परिवारलाई खाद्यन्नको सामाग्रीसँगै नगद ५ सय वितरण गर्नुभएको हो । प्रत्येक परिवारलाई २० केजि चामल, दुइ केजि दाल, दुइ केजि चिउँरा, एक लिटर तेल साथै पाँच सय रुपैया नगद वितरण गरिएको थियो ।

दशैँ गरिब परिवारले पनि मनाउन भन्ने उदेश्यले खाद्यन्न साथै नगद सहयोग गरेको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । “गरिबको छानामुनि पनि दशैँमा मिठो मसिनो पाकोस् । दशैँको दिन उनीहरुले पनि राम्रो खान पाउन । धनीको लागि मात्र होइन दशैँ गरिबको लागि पनि हो ,” नगरप्रमुख खत्रीले भन्नुभयो ।

नगरपालिकाको भित्रका गरिब तथा विपन्न, असाहय, अनाथ, एकल, अपाङ, सुकुम्बासी लगाएत मजदुरका परिवारलाई दशैँमा खाद्यन्नको सामाग्री वितरण गरिरहेको नगरप्रमुख खत्रीले बताउनुभयो । सामाग्री वितरणमा सहयोग गदै कमलामाई नगरपालिकाको सामाजिक शाखा प्रमुख बबिन्द्र लाल माझीले आगामि दिनमा आफुलाई पुग्ने खानाको जोहो आफैले गर्ने छन् भनी अहिले सहयोग गरेको बताउनुभयो ।

नेकपा एमाले कमलामाई नगर कमिटि सदस्य तथा कनपा ४ का युवा संगठनका अध्यक्ष रोशन राज श्रेष्ठको पहलमा विपन्न परिवारलाई खाद्यन्नको सामाग्री वितरण गरिएको थियो । सामाग्री वितरण गदै उहाँले गरिब परिवारले पनि दशैँमा मिठोमसिनो खान पाउन भन्ने उदेश्यले सामाग्री वितरण गरिएको बताउनुभयो । उहाँले नगरपालिका भित्रका गरिब, असाहय तथा विपन्न परिवारलाई खाद्यन्नको आवश्यक भएमा आफुलाई खबर गर्न आग्रह गर्नुभयो । साथै श्रेष्ठले वडा नम्बर ४ मा वर्षाले भत्किएका भित्रि सडक खण्ड मर्मत कार्यमा आफुले सहयोग गरिरहेको बताउनुभयो । दशैँ मनाउन गाउँ फर्किने साथै नागरिकलाई आवतजावतमा सहज होस् भन्ने उदेश्यले सडक मर्मत साथै सफा गर्न काम भइरहेको उहाँको भनाइ छ ।

यस्तै सामाग्री वितरणमा सहयोग गदै नेकपा एमाले कमलामाई नगरपालिका ४ वडा कमिटि सदस्य जानुका भट्टराइले असाहय तथा विपन्न परिवारलाई दशैँको बेला एक छाक खानकै लागि समस्या नहोस् भनी खाद्यन्नको सामाग्री वितरण गरेको बताउनुभयो ।खाद्यन्नको सामाग्री पाएपछि खुसी हुदै सातपत्रेका दानबहादुर लामिछानेले दशैँमा केहि छाक भएपनि मिठो खान पाउने बताउनुभयो । आफ्नो घरको छानामुनि पनि दशैँमा मिठोपरिकार पाक्ने भन्दै उहाँले खुसि व्यक्त गदै नगरप्रमुख लगाएत सामाग्री वितरणमा सहयोग गर्न सबैलाई धन्यबाद दिनुभयो । यस्तै सातपत्रेकी सिता कार्कीले अहिले भने दशैँ लागेको महसुस भएको बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया