शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जव शोभित बस्नेतले राजेश हमाललाई ढोगे... (भिडियो)

सोमवार , आश्विन २५, २०७८

काठमाडौँ, – केही समययता निर्देशक शोभित बस्नेत चर्चा र विवादमा छाउनु भएको छ । आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत सार्वजनिक कार्यक्रममा उहाँले ‘भुवन केसी मात्र नेपाली फिल्म क्षेत्रको असली महानायक’ भनेपछि उहाँ विवादमा तानिनु भयो । फिल्म क्षेत्रमा एक रुपैयाँ पनि लगानी नगरेकाले यो उपाधिको हकदार राजेश हमाल हुन नसक्ने उहाँको स्पष्ट तर्क थियो ।

उहाँको यो अभिव्यक्तिले सामाजिक सञ्जाल यति तात्यो कि उहाँ निर्देशित फिल्मलाई बहिस्कार गर्नेसम्मका कुरा दर्शकले उठाए । लाखौंको लगानीमा बनेको फिल्म दर्शकले नहेर्ने भनेपछि शोभित नराम्रोसँग तर्सिनु भयो । यसपछि उनले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर आफ्नो बुझाइ गलत रहेको बताउँदै दर्शकसँग माफी नै माग्न भ्याउनु भयो ।भिडियो हेर्नतलजान

उहाँले अबदेखि राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्ने वाचा नै गर्नु भएको छ । गत हप्ता पत्रकार प्रकाश सुवेदीले ‘महानायक’ विवाद टुंग्याउन निर्देशक बस्नेतलाई राजेश हमालसँग भेट गर्ने माहोल जुराइदिनु भयो । २ घन्टा लामो भेटमा हमालले शोभितलाई ‘सम्झाइ बुझाइ’ गरेको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक भाइरल भएको छ ।

योसँगै शोभितको टाउकोमा राजेश हमालले हात राखेको भिडियो पनि सामाजिक सञ्जालमा कम्ता भाइरल छैन । राजेश हमालसँँग माफी माग्दै शोभितले टाउको झुकाएरै ढोगेको भन्दै उक्त भिडियोलाई धेरैले टिकटकमा पोस्ट गरेका छन् । तर, सोमवार शोभितले फेसबुकमा आवाजसहितको सोही भिडियो पोस्ट गर्दै राजेश हमालले आफ्नो टाउकोमा हात राख्नुको वास्तविकता खोल्नु भएको छ ।

भिडियोमा हमालले शोभितलाई सोध्नु भएको छ, “हेयर स्टाइल तपाईंले प्रत्येक दिन चेन्ज गर्नुहुन्छ ?’ जवाफमा शोभित हाँस्दै भन्छन्, ‘प्रत्येक दिनभन्दा पनि चेन्ज भइरहेको छ ।” हमालले फेरि सोध्नु भयो, “कपालले साथ दिइरहेको छ ?” शोभित फेरि जवाफ फर्काउँनुभयो, “हजुर, साथ दिइरहेको छ ।” राजेश हमालले फेरि सोध्न्, ”कपाल आफ्नै हो नी ?” शोभितले ‘आफ्नै हो’ भनेर जवाफ फर्काउनु भयो ।

शोभितले आफ्नो कपाल सक्कली भएको बताएपछि हमालले ‘तानौ न त’ भन्नुभयो अनि शोभितले जुरुक्क उठेर हमाल भएतिर आफ्नो टाउको झुकाउनु भयो । हमालले शोभितको टाउकोमा हात राखेर उहाँको कपाल तानेपछि ‘कपाल आफ्नै रहेछ है’ भन्दै हाँस्नु भयो । आवाजविनाको भिडियो हेरेको भरमा शोभितले राजेश हमाललाई ढोगेको भनेर गरिएको अनुमान यो भिडियोले गलत देखाउँछ ।

तर, शोभितले फेसबुकमा पोस्ट गरेको भिडियोमा उहाँ राजेश हमालसँँग आमने–सामने भएर कुराकानी गरिरहँदा नर्भस देखिनु भएकोछ । हमालले सोधेको प्रश्नमा उहाँले अप्ठ्यारो गरेर जवाफ फर्काउनु भएको छ । उक्त भेटमा उहाँले राजेश हमालसँग अबदेखि ‘महानायक’ विवाद नझिक्ने वाचा गर्नु भएको छ । उहाँले पहिला नजानेर, नबुझेर वा आवेशमा भनेका कुरामा पनि हमालसँँग माफी माग्नु भएको थियो ।

 

https://www.facebook.com/100002659503022/videos/323797182847351/

प्रतिक्रिया