शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

महानायकलाई सोमरशले लडाएपछि...(भिडियो हेरौँ)

सोमवार , आश्विन २५, २०७८

महानायक राजेश हमालले आफू कहाँ सुतेको पनि पत्ता नलाग्ने गरि सोमरश खाएर लडेको बताएका छन् । उनले प्रकाश सुवेदिको कार्यक्रम ‘ग्ल्यामर गफ’ मा उक्त कुरा बताएका हुन् । उनले २० वर्षको उमेरमा उक्त घट्ना भएको बताएका छन् । आफूले १९ देखि २५ वर्षसम्म अत्याधिक सोमरश सेवन गरेको पनि बताए । उक्त अन्तर्वार्तामा महानायक हमालले अन्य गोप्य कुराहरु पनि सार्वजनिक गरेका छन् । बच्चा पाउने देखि सोबित बस्नेतले महानायकको बारेमा दिएको अभिव्यक्तिका बारेमा हमालले खुलस्त रुपमा आफ्नो अभिव्यक्ति दिएका छन् । उक्त अन्तर्वार्ता समाचारको अन्त्यमा छ ।

महानायकसँग जो ठोकियो ऊ लड्योः नेपाली चलचित्र क्षेत्रका एकल महानायक राजेश हमालनै हुन् । दर्शकले उनलाई अत्याधिक रुचाउने गर्दछन् । दर्शकले नै उनलाई महानायकको बिल्ला भिराइदिएका हुन् । अभिनय सशक्त मात्र नभएर बोल्ने शैलि, व्यवहार, आलोचना सहन सक्ने क्षमता लगायत बहुगुणले गर्दा उनलाई दर्शकले मनपराउँछन् । त्यसैले पनि होला, महानायकको कुरा उठाएपछि दर्शकहरु      चिढिन्छन् ।

अभिनेत्रि तथा निर्माता दिपा श्री निरौलाले केहि समयअघि नेपाली फिल्म क्षेत्रको महानायक को हो भन्ने प्रश्नमा राजेश हमाल नभनेपछि उनको चर्को विरोध भयो । यतिसम्म कि उनलाई सामाजिक संजालमा बहिष्कार गर्नेको संख्या ठूलो थियो । उनलाई गालीगलौज गर्ने जमात त झनै अत्याधिक थिए । दिपालाई मानसिक तनाब भएपछि महानायक हमाल स्वयंले फ्यान्स (प्रशंसक) हरुलाई सो विषयमा दिपालाई गाली नगर्न आग्रह गरेका थिए । महानायकले सो अभिव्यक्ति दिएपछि दर्शकले दिपालाई सराप्त छोडेका थिए ।

त्यस्तै, केहि दिन अघि निर्देशक शोभित बस्नेतले ‘देउरालिको बर पिपल’ फिल्मको ट्रेलर रिलिज गर्ने कार्यक्रममा महानायक भुवन केसी भनेपछि अहिले त्यस्को परिणाम देखिएको छ । उक्त फिल्मको हरेक भिडियोमा अहिले अत्याधिक डिस्लाईक आएको छ । दर्शकहरुले फिल्मनै नहेर्ने भनेर बहिष्कार समेत गरेका छन् ।

उक्त फिल्मको हालसम्म चारवटा भिडियो रिलिज भएको छ । भुवन केसी, शिव श्रेष्ठ, सलोन बस्नेत र गौरी मल्ल समेत अभिनय गरेको उक्त फिल्मको म्युजिक भिडियोमा ११ हजार लाईक आएको छ भने २२ हजारले डिस्लाईक गरेका छन् । महानायक हमालको बारेमा कसैले नराम्रो बोलेपछि हालत यस्तै हुने गरेको छ । दिपालाई मानसिक तनाब देखि शोभितले निर्देशन गरेको फिल्मको ८० लाख डुब्नेसम्मका घट्नाहरु सार्वजनिक भएको छ । त्यसैले, सस्तो लोकप्रियताकालागि महानायकको कुरा उठाउने हो भने अन्यको हालत पनि यहि हुने सबैले पाठ सिक्न जरुरी छ ।

को हुन् हमालः नेपाली सिनेमाको इतिहासमै प्रभावशालि अभिनेताको रुपमा चिनिएका हमालको जन्म २०२१ जेठ २६ पाल्पाको तानसेनमा भएको हो । स्कुले जिवन तानसेनमा बिताएपनि उनको कलेज लाईफ भने विभिन्न देशमा बित्यो । बुवा चुडा बहादुर हमाल कुटनितिज्ञ भएकाले जहाँजहाँ उनको नियुक्ति हुन्थ्यो त्यहित्यहि हमाल पुग्थे ।

उनले भातरमा अंग्रेजि साहित्यमा स्नातकोत्तर गरेका थिए । ३०० भन्दा बढि फिल्ममा अभिनय गरिसकेका हमालले २४ वर्षको उमेरमा ‘युगदेखि युगसम्म’ फिल्मबाट डेब्यु गरेका थिए । उक्त फिल्मनै ब्लकबस्टर बनेको थियो । एउटै फिल्मबाट उनलाई सुपरस्टारको ट्याग लगाइएको थियो । उक्त क्लिप्स् १८ः०० देखि शुरु हुन्छ

 

सम्बन्धित विषय:

प्रतिक्रिया