शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक

बुधवार , आश्विन १३, २०७८

काठमाडौं १३ असोज- फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् ।

दावानल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् भने सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन् । फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देबले अभिनय गरेका छन् ।

त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल , आइ. पि आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रुपचन्द्र विष्ट विद्रोही दार्शनिक, राजनीतिज्ञ र जनताका आवाज मात्रै पनि थिएनन् उनी एक शिक्षक, समाज सुधारकसमेत थिए ।

प्रतिक्रिया