शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हरिवंशको गीत 'ए कालु भेना' मा नाजिर र आंचल (भिडियो)

शनिवार , भाद्र १२, २०७८

काठमाडौँ- बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय बनेका छन्। उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलीको लेउ' केही समयअघि सार्वजनिक भएको थियो। त्यस गीतले दर्शकको राम्रो साथ पाएपछि हरिवंशले अर्को गीत सार्वजनिक गरेका छन्।

'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यको नै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ छ।

निर्देशक गम्भीर बिष्टले भिडियोलाई आकर्षक बनाएका छन्। हरिवंश आचार्य, नाजिर हुसेन, आंचल शर्मा र आर्यन खरेलले भिडियोमा अभिनय गरेका छन् ।

ग्रामीण परिवेश र त्यहाँको माहोललाई समेटेर गम्भीरले भिडियो निर्देशन र कोरियोग्राफी गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्यूवबाट रिलिज भएको हो।

प्रतिक्रिया