अवरुद्ध विपि राजमार्ग र मदन भण्डारी राजमार्ग संचालनमा आएको छ । दुइ दिनदेखिको अबिरल वर्षाको कारण ठाउँठाउँमा पहिरो खसे पछि अवरुद्ध भएको विपि राजमार्ग र मदन भण्डारी राजमार्ग संचालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सडक वोर्ड, प्रहरी साथै स्थानियको समवन्यमा सडकमा झरेको पहिरो पन्छाए सँगै माजमार्ग संचालनमा आएकोे हो ।बीपी राजमार्गको सुनकोसी गाँउपालिका–२ कमेरेफाँट साथै कमलामाइ नगरपालिका–९ भिमान क्षेत्रको छ ठाँउभन्दा बढीमा खहरेहरुमा आएको बाढीले लच्कामा ढुंगा सहितको गेगर थुपार्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्ष मनोज कुमार लामाले जानकारी दिनुभयो । सडकमा खसेको पहिरो लगाएत गेगर पन्छाइ सकेको उहाँले बताउनुभयो ।

यस्तै मध्यपहाडि राजमार्ग भने हाल सम्म संचालनमा आउन सकेको छैन । मध्य पहाडी लोकमार्गको गोलन्जोर गाँउपालिका अन्तर्गत हैबार, कालिआँप, खुकुरेटार, कुँडुले र सुम्नामबेसीमा पहिरो खसेकाले छ । पहिरो पन्छाउने काम भने भइरहेको डिएसपि लामाले बताउनुभयो । मध्य पहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड अबरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौँ हिडेका सबारी साधन र राजधानीबाट ती जिल्लामा आएका सबारी साधन बीच बाटोमा नै रोकिएर अलपत्र परेका स्थानीयले बताएका छन् ।यस्तै सिन्धुलीमाढी–चकमके सडक पनि बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ ।