लामो राजनीतिक खिचातानी र दौड धुप हेर्दा देश चुनाव उन्मुख देखिन्छ । स्थानीय चुनाव त अब केहि समय मात्रै पर छ । हिजोआज विभिन्न पार्टीका नेतालाई अनेकौं कोण बाट गाली गरिएको देखिन्छ । सामाजिक संजाल गालीले दैनिक भरिएको देख्न सकिन्छ । तर नेतालाई गाली गरेर जनताले पाउने उपलब्धि खासै केहि देखिदैन । बरु जुनसुकै पार्टीका कुनै पनि नेतालाइ गाली नगरौ । भोट दिदा सबैले बिबेक प्रयोग गरौ । अरूलाइ गाली गरेर हामीले धेरै समय बितायौ । अब कसैलाई गाली नगर्ने भनेर समिक्षा गर्ने हो कि ?
हामीले चुनाबमा भोट दिने बेला बिचार पुरौन नसक्दा जनप्रतिनिधिको कार्याकाल अबधिभर अशाध्यै दुख्ख पाउने रहेछौ नि ! चुनाबमा जनताले सही निर्णय गर्दिदा मात्रै राजनीतिमा नेतृत्व पनि सक्षम ब्यक्तिको हातमा पुग्ने निस्चित हो । चुनाबमा गलत राजनीतिज्ञलाइ जिताउने को ? तपाइ र हामी नै हो । चुनाबको बेला अलि अलि खान पाएको भरमा के के न पायो भनेर आफ्ना सबै समस्या र दुख्खलाइ चटक्क भूली दिदा आज फेरि पुरानो समस्या बल्जियको न हो । अयोग्य मान्छेहरुलाई समेत नेता ठानेर भोट दिने गल्तीका कारण अहिले दुःख पाइएको हो नि !
भोट दिने बेला बिचार पुर्यौन नसक्दा हामीले आसा गरेका कुरा पुरा हुन नसकेका हुन नि ! गलत बेक्तिहरुले निस्फीक्री र मनोमानी राजनीति गर्ने अबसर तपाई र मैले दिएको भोटको करामत हो नि । हेर्नुस गल्ती सबै बाट हुन्छ । तर गल्ती पटक पटक गर्नु चाही बौलठिपन हो । हामी पागल त होइन नि ! सद्दे मान्छेले पटकपटक गल्ती त गर्दैन नि हौ । नेपाली धर्तिमा जन्मेका हामी सक्षम नागरिक हौ भने साथीहरु बिगतका गल्ती बाट पाठ सिक्दै हिजो गर्न चुकेका कुरा आज सुधार्ने जिम्बेबारि तपाई हाम्रै काधमा आएको छ । तेसैले मित्रहरु अरूलाइ गाली गर्नुको सट्टा आफु सुध्रने प्रण पो गर्ने हो नि !
बिगतका चुनावको कुरा नसोच्नु होला ! त्यो गलत ठाँउमा हालेको भोट सम्झियो भने त्यसले पिडा बोध मात्रै हुन्छ । त्यसले तनाव मात्रै दिने हो । जानकारहरुका अनुसार तनाब लिनु स्वस्थका लागि घातक हुन्छ । तेसैले आजकै दिन देखि अहिले बाट नै सबैभन्दा पहिले आफूले आफैलाइ माफ गरौ । बिस्तारै अरूलाइ पनि माफ गरौला । त्यसो गर्दा अरुले पनि हामीलाइ माफ पक्कै गर्नेछन । पहिले आफूले आफुलाइ माफ गर्नुहोस । यसो गर्दा तपाइमा आत्मबल बढने छ । अरे यार तपैको एक भोट कति महतोपूर्ण हुन्छ चुनाबमा भन्ने बुज्नको लागि पनि त तपै सद्दे अबस्थामा फर्कनुपर्छ । अर्काको लहलहैमा लागेर चुनाबमा भोट दिदा घाटा अरुलाई मात्रै होइन आफैलाइ पनि त हुने रहेछ नि !
अतः दाजु भाइ तथा दिदी बहिनी ,आमा–बा र काका काकीहरू कृपया पहिले हामी सुध्रिन जरुरी छ है । हामी सुध्रियौँ भने ढिलोचाडो अबस्य यो देशको राजनीति पनि सुध्रिन्छ । राजनीतिमा नेतृत्व सक्षम ब्यक्तिको हातमा पुग्यो भने मात्रै हाम्रो भाबी पुस्ताको भविष्य पनि सुन्दर हुन सक्छ । हिजो हामीले जानेर नजानेर गलत ब्यक्तिलाइ भोट दिदा आज दुःखको यो अबस्था आएको हो । आज हामीले सही बिबेक प्रयोग गरिदिदा भोलिको पुस्ताले राजनीति कम्तीमा स्थिर देख्न सक्लान । राजनीतिमा सिस्टम आबस्यक छ । सिस्टममा बसेको राजनीतिमा अरू बाकि सबै कुराहरु बिस्तारै मिल्दै जाने हो । बिकाश भनेको रातारात हुने कुरा पनि होइन । समृद्धिका लागि समय लाग्छ ।
राजनीति समाजसेवा भएकाले चुनाबमा भोट दिदा पनि सबैले बिबेक प्रयोग गरौ । अबो सवाल उठ्छ कस्तो बेक्तिलाइ भोट दिने ? भनेर । हामीले चुनाबमा भोट दिदा पढे लेखेको बेक्तिलाइ भोट दिउ । यस्तो बेक्तिलाइ नेता बनाउदा उसलाइ दोभासे राख्न आबस्यक पर्दैन । बिदेश भ्रमण जादा र अंग्रेजीमा मन्तव्य दिनु पर्दा उसले बोलेको कुरा सुनेर हामीलाइ आफनो नेता भनेर गर्भ होस न । दोभासेको भर पर्नु पर्ने हरि लन्ठक नेतालाइ हामी झुक्केर पनि भोट नदिउ ।
दोभासेले लेखेको कुरा सधै सहि नहुन पनि सक्छ । यस्तै हामीले नेता चुन्दा स्वस्थ ठिक अबस्थामा रहेको ब्यक्तिलाइ चुनौ । अस्वस्थ नेतालाइ जिताउदा राज्यको धुकुटी नाश हुने रहेछ । पटक पटक उपचार गर्नु पर्ने नेताबाट स्वस्थ राज्यको परिकल्पना गलत हुने रहेछ । त्यस्तै आफ्नु जीबन देखि खुसि भयको बेक्तिलाइ चुनाबमा भोट दिने गरौं । आफु खुसी भयको ब्यक्तिले अरूलाइ पनि जीबनमा खुसी भएको देख्न चाहन्छ । जिन्दगीमा आफु नै तनावमा भएको बेक्तिले अरूलाइ ठिस बनौछ । अलि अलि धन भएकै ब्यक्तिलाइ भोट दिदा चुनाव जितेपछि उसले धेरै पैसा कमाउने बाटोमा नलाग्ला र भस्ट्राचार पनि नगर्ला कि भन्ने आस गर्ने ठाँउ रहन्छ । चुनावमा उठने नेता अबिबाहित छ भने त्यस्ता बेक्तिलाइ भोट दिदा बिबाहित नेताले भन्दा बढी जनतालाइ माया गर्छ कि भन्ने आस गर्न सकिन्छ ।
बिबाहित हरु त श्रीमति ,बच्चा र आफनै घर परिबारका बारेमा मात्र सोच्ने रहेछन । अबिबाहितलाइ भोट दियो भने कम्तीमा उसले सबै नेपालीलाई आफ्नो परिबार मान्ला कि भन्ने अनुमान गर्न सकिन्छ । अविवाहित नेताले जितेपछि हामीलाइ बढी माया गर्ला कि भनेर आश पनि गर्न सकिन्छ । यस्तै चुनाबमा भोट दिदा क्रियटिभ दिमाख भएको ब्यक्तिलाइ भोट दिनु बेश हुन्छ । सुस्त र बोदो दिमाख भएका हरुले राम्रा राम्रा योजना ल्याउन सक्दैनन । तेज दिमाख भएका चतुर ब्यक्तिलाइ जीताउदा ठिक समयमा ठिक निर्णय गर्न सक्छन । बोदा दिमाख भएका नेताहरु त भाषण गर्न पनि जान्दैनन । नेपाली भाषा समेत फुटाएर पढ्न अनकनाउछन ।
चुनाबमा भोट दिदा हामीले जिम्मेबार समाजका जिम्मेवार ब्यक्तिलाइ भोट दिनु पर्छ । पहिला समाजमा उसले आफूले पाएको जिम्मेबारि कसरी निभायो ? ती कुराको मूल्यांकन गरेर मात्रै भोट दिदा धोका हुदैन । जनताप्रति उत्तरदायी नेताले आफुले पाएको जिम्मेबारि पुरापुर जनताको भलोमा सदुपयोग गर्नेछ । अन्त्यमा , अक्षम नेता भएका नेपाली हामी भाग्यमानी पनि हौ । यी सक्षम भईदियका भए हामीले गरिबी के हो ? कसरी थाहा पाउने थियौ र ! खराब नेता चुनेकै कारण हामी बेरोजगार बस्नुपर्दा हामीलाई दुःख पिडा धेरै थाहा पनि त भयो । हामीलाइ आफ्नु गरिबीदुःख पिडा थाहा पनि भयो । भनिन्छ इतिहास बाट पाठ सिक्नुपर्छ । बिगतमा हामीले हालेका भोटलाई गल्ती महशुश गर्दै अब हामी सहि पात्रलाई मात्रै मतदान गर्ने अठोट गरौं । पार्टीलाई होइन सक्षम ब्यक्तिलाई भोट दिने प्रथाको थालनी गरौं । यसो गर्न सक्दा समाजका सबैलाई फाइदा नै हुनेछ ।
लेखक जनता समाजबादी पार्टीका युवा नेता हुन