शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कोरोनाका कारण एक महिलाको मृत्यु (भिडियो)

सोमवार , भाद्र ७, २०७८

सिन्धुलीमा सोमबार कोरोना संक्रमणको कारण एक महिलाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका ७ की ६५ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोरोना फोकल पर्सन सन्तोष कुमार माझीले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त महिलामा सावन २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा उपचारत महिलाको मृत्यु भएको हो ।यो सँगै जिल्लामा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यस्तै, जिल्लामा हालसम्म ३ हजार ८७ जनामा संक्रमण पुष्टि भएका छन् भने २ हजार ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हालसम्म ४ हजार १ सय ४ जनाको पिसिआर विधिबाट परिक्षण गरिएमा १ हजार ९ सय ५७ मा संक्रमण पुष्टि भएको छ भने ३ हजार ६ सय ७ जनाको एण्टिजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हाल होम आईसोलेसनमा १ सय ६४ जना र संस्थागत आईसोलेसनमा ४ जना गरि १ सय ६८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

पुरानो भिडियो

प्रतिक्रिया