शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

युवा संघका उपाध्यक्ष सिन्धुलीका पुष्प श्रेष्ठ घाइते (भिडियोसहित)

बुधवार , भाद्र २, २०७८

काठमाडौँको बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालले देउवा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेशका विरोधमा प्रदर्शन गर्दा सिन्धुली निवासी युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठ सहित ११ सदस्य गम्भिर घाइते भएका छन् ।

राष्ट्रिय युवा संघले विज्ञप्ति निकाल्दै आफ्नो नेता तथा कार्यकर्ताहरु गम्भिर घाइते भएको जनाएको छ । ‘मुलुकलाई अस्थिरता, अन्यौलता र अराजकतामा लैजान संविधानको बखलाप र लोकतन्त्रलाई धरापमा पार्ने गरी प्रतिगामी देउवा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेशका विरुद्धे आज नयाँ बानेश्वरमा शान्तीपूर्ण आन्दोलन गरेको थियो । संघका नेता कार्यकर्ता शान्तीपूर्ण तवरले आन्दोलनमा सरिक थिए । तर आन्दोलनलाई उत्तेजित र भड्काउपूर्ण बनाउन प्रहरीले धरपकड, लाठिचार्ज र कुटपिट गरेको छ । जसबाट संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उपमहासचिव रामजी रापकोटा, स्थायी कमिटी सदस्यद्वय वकिल बम र गोविन्द तामाङ, सचिवालय सदस्यहरु, दिलिप थिङ, कृष्णद्रत जैसी, कर्णवर शाही, समुन्द्र तिमल्सिना र पृथबिन्दु महर्जन, केन्द्रीय सदस्यहरु, चन्द्रकला भण्डारी, प्रेम दाहाल र राजु श्रेष्ठ एवं काठमाण्डीका जिल्ला नेता सुमन पौडेल गम्भिर घाइते हुनुभएको छ ।’ संघले नेता कार्यकतालाई शान्तीपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमन र धरपकट प्रति निन्दा र भत्र्सना गर्दै दमन र धरपकडमा अमानविय व्यवहार देखाउने सुरक्षाकर्मीलाई कडा कारवाहीको लागि माग गरेको छ । नाराबाजीसँगै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । पार्टी र संघको झन्डासँगै सडकमा उत्रिएका उनीहरूले मसाल जुलुससमेत प्रदर्शन गरेका थिए । सिन्धुलीमा भएको प्रदर्शनको भिडियो समाचारको अन्तिममा  छ

सिन्धुलीमा पनि प्रदर्शन : सरकारले जारी गरेको अध्यादेश विरुद्ध नेकपा एमालेको युवा संगठन युवा संघ सिन्धुलीले सरकारले ल्याएको दल विभाजनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार राष्ट्रिय युवा संघ सिन्धुलीका नेता तथा कार्यकर्ताले राँके जुलुस निकाल्दै विरोध गरेका छन् । कमलामाई नगरपालिका ६ स्थित ढुंग्रेवासको २ नम्बर गेट देखि मूख्य चोकसम्म राँके जुलुस निकालेको थियो । झण्डै ६०÷७० जनाको हारहारीमा रहेका नेता तथा कार्यकर्ताले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । एमाले विभाजनका लागि उक्त अध्यादेश ल्याउन लागिएको भन्दै युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनलाई शान्त बनाउन प्रहरीले आगो निभाएको थियो ।

 

जारी अध्यादेश देशका दलहरुमा जटिलता ल्याउने अभियानः प्रदिप कटुवाल: नेपाल कम्युनिष्ट पार्टी एमालेका सिन्धुली जिल्ला अध्यक्ष प्रदिप कटुवालले मंगलबार जारी अध्यादेशलाई देशका दलहरुमा जटिलता ल्याउने अभियान भएको बताउनु भएको छ । बागमती प्रदेश सांसद समेत रहनु भएका कटुवालले तत्कालको स्वार्थ पुर्ती गर्न यस्तो अध्यादेश ल्याईएको बताउनु भएको हो ।

उहाँले यस भन्दा पहिला केपी ओलीले अध्यादेश ल्याउदा बिरोधमा उत्रीएका यिनै दलले आज फेरी आफै अध्यादेश ल्याउनु अनौठो गतिबिधी रहेको बताउनु भएको छ । यसअघि केपी वलीले ल्याउन लाग्नु भएको अध्यादेश भन्दा मंगबार जारी गरिएको अध्यादेश धेरै घातक रहेको समेत उहाको भनाई छ । अध्यादेश जारी गर्दै देशको बहुदलिय प्रजातन्त्रनै नष्ट गर्ने हिसाबले लागिपरेको समेत उहाँले आरोप लगाउनु भएको छ । यस अध्यादेश माधव नेपाललाई हेरेर बनाईएको कटुवालको भनाई छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया