बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

गणेश पहाडीमाधव नेपाल समूहको बैठकमा सहभागी हुन सिंहदरबारमा

मंगलवार , भाद्र १, २०७८

काठमाडौं,१ भदौ – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरुको भेला चल्दै गर्दा केपी ओली पक्षका सांसद सिंहदरबारमा पुगेका छन् ।

वरिष्ठ नेता नेपालले मंगलबार बिहान आफूपक्षीय नेता तथा सांसदहरुसँग कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । नेता नेपाल आफूपक्षीय नेताहरुसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिए लगत्तै ओली पक्षका सांसदहरु बैठकमा सहभागी हुन कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल, गणेश पहाडी र सूर्य पाठक सिंहदरबार पुगेका छन ।

त्यस्तै नेता बामदेव गौतम निकट सांसदहरु तुलसा थापा र माया ज्ञवाली पनि उक्त बैठकमा सहभागी भएका थिए। उनीहरुले नेपाल पक्षका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरिरहेका छन् ।

एमाले विभाजन हुने निश्चित भएपछि एमालेका केही नेता तथा सांसदहरुले ओली कि माधव पक्षमा लाग्ने भन्ने निर्क्योल गर्न सकेका छैनन् । त्यस्तै नेता बामदेव गौतम निकट सांसदहरु तुलसा थापा र माया ज्ञवाली पनि उक्त बैठकमा सहभागी भएका थिए। तुलसा गौतम बामदेव गौतमकी पत्नी हुन।

प्रतिक्रिया