शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली स्थित दुई राजमार्ग अवरुद्ध

आइतवार , श्रावण ३१, २०७८

शनिबार राती देखि परेको अविरल वर्षाका कारण दुई राजमार्ग अवरुद्ध भएको छ । सिन्धुली स्थित विपि राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो । गएरातीबाट आएको निरन्तर बर्षाको कारण विपि राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको हो । विपि राजमार्ग स्थित गोलन्जोर गाउँपालिका ७ कानढुग्रेंमा गेग्रानले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै मध्यपहाडी राजमार्ग स्थित फिक्कल गाउँपालिका २ को सुनाम्न र गोलन्जोर गाउँपालिका १ कालेआप को कालिकामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । थप विवरण भने आउँन बाँकी रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया