सिन्धुली अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । अस्पतालका सुचना अधिकृत राजकुमार घोलेले आफ्नो ४२ औँ जन्मदिनको अवसरमा आइतबार अस्पतालमा निशुल्क ओपिडि टिकट तथा निशुल्क स्वास्थ्य परीक्षण गराउने बताउनु भएको हो । आफ्नो व्यक्तिगत खर्चमा अस्पतालमा आउने सम्पूर्ण विरामीको निःशुल्क ओपिडि टिकट तथा निशुल्क स्वास्थ्य परीक्षण गराएर जन्मदिन मनाउने उहाँले बताउनुभयो । सम्पूर्ण बिरामीलाई आफ्नो स्वास्थ्य जाँच गराई सेवा लिन उहाँले आग्रह गर्नु भएको छ । धेरै सेवाग्राहिलाई समेट्ने उदेश्यले ओपिडि टिकट निशुल्क गरिने उहाँले बताउनुभयो । सिन्धुली अस्पतालमा हाल रेडियोलोजि, सर्जरी, अर्थोपेडिक, प्रिडयाक्ट्रिस, डेन्टलसर्जन, साइक्याट्रिसको सेवा संचालन भइरहेको छ ।
