शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विपि राजमार्गमा पुलको एक भाग भत्कियो, वैकल्पिक बाटो निर्माणको तयारी (भिडियो)

बुधवार , श्रावण २०, २०७८

सिन्धुली– सिन्धुलीस्थित विपि राजमार्गको एक भागमा पुलको सपोर्ट वाल भत्किएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको पुलको सपोर्ट वाल सुनकोशी नदिले भत्काएको हो ।

नदिको धार परिर्वतन हुदाँ गोलन्जोर गाउँपालिका ७ र सुनकोशी गाउँपालिका ७ को सिमानाको पुलको वाल भत्किएको गोलन्जोर गाउँपालिका ७ का वडा अध्यक्ष रोम बहादुर देवकोटाले बताउनुभयो । उहाँका अनुसार राजमार्गको पुल नै जोखिममा परेको छ । सुनकोशी गाउँपालिकाले उक्त ठाउँमा बालुवा उत्खन्न गर्न ठेक्का लगाएको    थियो ।

ठेकेदारले मापदण्ड विपरित बालुवा उत्खन्न गरेको कारण नदिले धार परिवर्तन गरेको उहाँको भनाइ छ । राजमार्ग अवरुद्ध हुन नदिन वैकल्पिक ट्रयाक खोल्ने तयारी भएको उहाँले बताउनुभयो । पुल भन्दा १५ मिटर माथिबाट ३५ मिटर लम्बाइको ट्रयाक खन्ने तयार भएको छ । यता सुनकोशी गाउँपालिका ७ का वडा अध्यक्ष लाल बहादुर गोलेले भने यस विषयमा आफुलाई जानकारी नभएको बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया