शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गायक थानेश्वर गौतमको स्वर र संगीतमा ‘फुर्के धागो २’ बोलको गीत सार्वजनिक,(हेर्नुस भिडियो)

बुधवार , श्रावण २०, २०७८

नेपाली महिलाले कपाल बाट्ने रातो फुर्के धागो। यस्तो धागो, अरु रङमा पनि पाइन्छ। जसको पुछारमापोते, सलमा मोती तथा सितारा जडिएको हुन्छ।

तीन हाँगा फाटिएका हुन्छन्। कपालकोरिसकेपछितीन हाँगा फट्याइन्छ, त्यसमा धागो गाँसिन्छ र, बाटिन्छ।यसले पूर्णरूपमानेपालीपरम्परातथासंस्कृतिकोआभासगराउँछ।तर, यहि धागो युवापुस्ताले प्रयोगबिरलै गर्छन्।

पछिल्लो युवापुस्तामा लोप हुदै गएको कपाल बाट्ने धागोको संरक्षण गर्न तथा पुर्खाको इतिहास जोगाउन गीतकार प्रभा बर्तौलाले गीत नै लेख्नु भयो।

गीतकार बर्तौलाले लेख्नुभएको शब्दलाई स्वर र संगीत भरेर भिडियो सहित ‘फुर्के धागो’बोलको गीत दुई वर्ष अगाडी बजारमा ल्याउनु भयो, शास्त्रीय संगीतमा स्नाकोत्तर गर्नुभएको गायक तथा संगीतकार थानेश्वर गौतमले। जुन गीतले टिकटकमा अत्याधिक चर्चा पायो। पाइरहेको छ।

यसै गीतको अपार सफलतापछि बर्तौला र गौतमको संयुक्त प्रयासमा‘फुर्के धागो २’बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार गौतम र गायिका शोभा गौतमको स्वरमा रहेको गीत ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा संगीत पनि गायक गौतमले नै भर्नु भएको छ।

तीज पर्वलाई लक्षित गरेर निर्माण गरिएको गीत सधाबहार छमछम नाच्न मिल्ने बनेको छ।‘फुर्के धागो लगाउली चट्ट कपाल बाटौली, मेखै मारी पियारी छमछम नाचौली’। गीतको पहिलो अन्तरा हो।

उदयराज पौडेलले एरेन्ज गर्नुभएको गीतको भिडियो सम्पादन वीर बहादुर थारुले गर्नु भएको छ। भुवन स्यान्बो तामाङले निर्देशन गर्नुभएको गीतमा मोडल अन्जली अधिकारी र नयन डिसीको मुख्य अभिनय देख्न सकिन्छ भने बालकलाकार आसर्या खड्का र लिडिया तामाङको पनि अभिनय हेर्न पाइन्छ।

प्रतिक्रिया