शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुइ सय रुपैँया नतिर्दा सिन्धुलीमा एकजना पक्राउ

शुक्रवार , श्रावण १, २०७८

लेनदेन मुद्दामा जिल्ला अदालत सिन्धुलीको फैसला अनुसारको जरिवाना नतिर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । अदालतको फैसला अनुसारको जरिवाना नतिर्ने कमलामाई नगरपालिका १३ का गिरिजा थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । थापालाई लेनदेनको मुद्धामा ०७४ असार १६ गते अदालतबाट फैसला भइ २ सय ८१ रुपैया ३३ पैसा जरिवाना तोकिएको थियो । थापालाई जिल्ला अदालतको रेकर्ड नम्बर १०७९ मा फरार देखिएकोले फैसला कार्यान्वयनको सिलसिलामा कमलामाई नगरपालिका वडा नं १३ मडहा स्थित आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि अदालत पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया