कुनै समयको एक महान फोटोग्राफर राकेश श्रेष्ठको छोरा हुन्, रोहन श्रेष्ठ । रोहन पनि आफ्ना बुबा जस्तै उत्कृष्ठ फोटोग्राफरका रुपमा भारतमा चर्चित छन् । उनले न्यु योर्क एकेडेमीबाट फोटोग्राफी सीपहरू सिकेका छन् । फोटोग्राफीप्रति उनको फरक दृष्टिकोण आज यति धेरै मन पराइएको छ कि उनले खिचेको फोटोहरू धेरै ठूला ब्रान्ड, ठूला म्यागजिनहरूको कभरमा प्रिन्ट हुन्छन् । भारतमा रोहन एक प्रसिद्ध फोटोग्राफरका रुपमा चर्चित छन् । उनले करीना, रणवीर कपुर, रणबीर सिंह, परिणीति, शाहरुख खान लगायत थुप्रै ठूला हस्तिहरूको फोटोशूट्स गरेका छन् ।
धेरैलाई यो थाहा छैन जब रोहनका बुबा राकेशले नीतू कपूरको लागि आफ्नो क्यारियरको पहिलो पत्रिका शूट गरे! र यो संयोगको कुरा हो कि जब रोहनले आफ्नो पहिलो पत्रिका शूट गरे यो रणबीर कपूरको लागि थियो ! यो फोटोशूट फिल्मफेयर पत्रिकाको कभर पृष्ठका लागि गरिएको थियो । श्रद्धासँगको चर्चाः नेपाली मुलका रोहन श्रेष्ठसँग बलिउड अभिनेत्री श्रद्धा कपूरको विवाह हुने चर्चा पुरानै हो । कुनैबेला यो चर्चा उत्कर्षमा थियो । यद्यपी पछि श्रद्धाका पारिवारिक स्रोतले यसलाई खण्डन गरिदिए । अन्ततः रोहन र श्रद्धाको विवाहको कुरा सेलायो ।
अहिले फेरी यो कुरा सतहमा आएको छ । खबर के छ भने, श्रद्धा र रोहनको विवाह हुने संभवना बलियो छ । आगमी बर्ष (अंग्रेजी क्यालेन्डर अनुसार) उनीहरुको विवाह हुने भएको हो । अभिनेत्री श्रद्धा कपूर यतिबेला आफ्नो नयाँ फिल्म ‘साहो’को अतिरिक्त रिलेशनशीपका कारण पनि चर्चामा छिन् । उनी रोहनसँग रिलेनसिपमा रहेको र घरजाम गर्ने सुरसारमा समेत रहेको चर्चा छ ।
नेपाली मुलका रोहन श्रेष्ठ बलिउडका स्थापित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहन आफैं पनि फोटोग्राफर हुन् । उनले बलिउडका प्रायः सबै सेलिब्रेटीहरुको फोटोसेसन गरिसकेका छन् । उनी फुटबलरको रुपमा समेत चिनिन्छन् । सामाजिक सञ्जालमा रोहन र श्रद्धाका थुप्रै तस्बिरहरु भाइरल भैरहेका छन् । अहिले आएर यी दुबैका बारेमा नयाँ खबर सार्वजनिक भएको हो । प्राप्त पछिल्ला विवरणहरुका अनुसार श्रद्धा र रोहन सन् २०२० को कुनै महिना वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरु विगत दुई वर्षदेखि एक–अर्काको रिलेशनशीपमा छन् । अब भने उनहिरुले आफ्नो रिलेशनशीपलाई आधिकारिता दिने निर्णय गरेका हुन् । भनिन्छ, श्रद्धाकी आमा शिवांगी कपूरले त उनीहरुको विवाहको तयारी नै थालिसकेकी छिन् । वैवाहिक समारोहका बारेमा उनले योजनाहरु नै बनाउन थालिसकेकी छिन् ।
त्यसो त श्रद्धा र रोहनको विवाहको औपचारिकताका बारेमा हालसम्म आधिकारिक पुष्टि भैसकेको छैन । केही समय पहिले जब शक्ति कपूरसँग श्रद्धा र रोहनको विवाहका बारेमा जिज्ञासा राखिएको थियो, त्यो बेला उनले उक्त कुरालाई अस्विकार गरिदिएका थिए । उनले आगामी ४–५ वर्ष श्रद्धाले विवाह गर्ने कुनै चाहाना नराखेको दावी गरेका थिए ।
यसैबीच, श्रद्धा यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म साहोको प्रदर्शन मिति पर्खेर बसेकी छिन् । फिल्ममा उनी बाहुबली स्टार प्रभाससंग देखिंदैछिन् । यो फिल्म अगष्ट १५ का दिन प्रदर्शन हुँदैछ । उक्त फिल्ममा नील नितिन मुकेह, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मंजरेकर, मन्दिरा बेदी आदि कलाकारले पनि अभिनय गरेका छन् ।







