शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रियंका र आयुष्मानको गहिरो माया (११ तस्बिर)

आइतवार , आषाढ २७, २०७८

नायिका प्रियंका कार्की अन्य नायिका भन्दा फरक छिन् । त्यसैले त उनी फिल्ममा नदेखिएपनि दिनहुँ जसो संचारमाध्यममा छाइरहेकि हुन्छिन् । गर्भवति प्रियंका अहिले घरमै आराम गरिरहेकि छिन् । तर, उनको चर्चा भने घटेको छैन, बरु अझै बढिरहेको छ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतबर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए । अब, उनका श्रीमान् आयुष्मानले पनि ‘बेबी सावर’को आयोजना गरेका छन् । नायिका कार्कीले यो बर्ष आफ्ना लागि निकै नै खुशीको बर्ष रहेको र आफूहरुले खुशी साटिरहेको उल्लेख गरेकी छिन् ।

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै जसलाई प्रेम, खुशी, सन्तुष्टी र नयाँ सुरुवातका लागि तयार राखेको उल्लेख गरेकी छिन् । उनले, आफूले चाहेको सबैथोक आयुष्मान भएको पनि लेखेकी छिन् । नायिका कार्कीले, अब आफूहरुको चमत्कारलाई स्वागत गर्नका लागि आफूले पर्खन नसक्ने पनि बताएकी छिन् ।

नायिका कार्की केही दिनमा नै आमा बन्दैछिन् । सामाजिक संजालमा विभिन्न कारणले चर्चा र आलोचना भएपनि आयुष्मान र प्रियंकालाई यसले खासै प्रभाव पारेको छैन । उनीहरु, आफ्नै तरिकाले जीवनलाई अगाडि बढाइरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया