शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा बाढीले गाढी बगायो (भिडियो)

बिहिवार , आषाढ १७, २०७८

अविरल वर्षाका कारण खोलामा आएको बाढीले गाढी बगाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारमा बिहिबार बिहान ३ बजे गाढी बगाएको स्थानिय चिरञ्जीवि चौधरीले जानकारी दिनुभयो । काभ्रेको बनेपाबाट निर्माण सामाग्री बोकेर सिन्धुली कारागार आएको मिनि ट्रक रानीखोलाले बगाएको हो । जस्तापाता झारेर फर्किने क्रममा बा ५ ख ३७३२ नम्बरको गाढी खोलाले बगाएको चालक सागर तामाङले बताउनुभयो । मानविय क्षति भने नभएको तामाङले जानकारी दिनुभएको छ । हाल गाढी खोलामै रहेको र खोलाबाट निकाल्नकालागि प्रहरीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो । भिडियो समाचारको अन्तिममा छ

दुई दिनदेखि सिन्धुलीमा अविरल वर्षा भइरहेको छ । अविरल वर्षाका कारण सुनकोशी, कमला, ग्वाङ, मरिण लगायत जिल्लामा बग्ने खोलाको सतह बढेको छ भने विभिन्न ठाउँमा पहिरो गएको छ । बिपी राजमार्गको काभ्रे खण्ड पनि पहिरोले ठाउँठाउँमा अवरूद्ध छ । बुधबार कमला नदीमा पानीको जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले अपिल गरेको छ । पानीको बहाव सतर्कता तह पार गर्दै बढिरहेकोले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन सूचनामा भनिएको छ । सिन्धुलीस्थित कमलानदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको सूचनामा उल्लेख छ ।

तस्बिर १ः कमलामाई नगरपालिका ५, सशस्त्र ब्यारेक अगाढी

तस्बिर २ः कनपा ५ मधुटार

तस्बिर ३ः कमला खोला र कमलामाई मन्दिर

तस्बिर ४ः मरिण खोला

सम्बन्धित विषय:

प्रतिक्रिया