काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साथा लम्ब्याउने निर्णय गरेको हो । निर्णयअनुसार भोलि मंगलवारदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।
बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ । कोरोनाभाइरस संक्रमणमा कमी आएको भन्दै गत सातादेखि नै उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन भने दिइएको थियो ।
यो सँगै उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुँदै गएको छ । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन् । यसअघि थपिएको निषेधाज्ञा आज सोमवार रातिदेखि सकिँदै थियो ।