शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा करेन्ट लागेर दुई घाइते, हेलिमार्फत काठमाडौँ लगियोे

आइतवार , आषाढ १३, २०७८

सिन्धुलीमा आज(आइतबार) घर ढलान गर्ने क्रममा करेन्ट लागेर दुइ जना गम्भिर घाइते भएका छन् । बिहान ७ बजेको समयमा मरिण गाउँपालिका ४ को राम बहादुर बाल्तानको घर ढलान गर्ने क्रममा विद्युतको हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करन्टे लागेर स्थानिय कामदार २७ वर्षीया अनिल विक र ३० वर्षिय राजकुमार माझि गम्भिर गाइते भएका हुन् ।

विक र माझिको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । दोश्रो तलाको घर ढलान गर्ने क्रममा मरिण फिडरको ११ केभिको तारले कामदारको टाउकोमा छोएपछि दुवै कामदार दुइ तला माथिबाट खसेको स्थानियले बताएका छन् ।

विक र माझिको टाउँकोमा चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ । विद्युत तारले घर छोइरहेको भनेर विद्युत प्राधिकरणलाई बारम्बार जानकारी गराउदाँ समेत वेवस्ता गरेको स्थानियले आरोप लगाएका छन् । यता विद्युत प्राधिकरण भने विद्युत तारले छुने गरि घर बनाउनु स्थानियको गल्ति भएको बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया