सिन्धुली– सिन्धुली जिल्लामा मंगलबार २५ जना कोरोना संक्रमित थपिएका छन् ।
कमलामाई नगरपालिका ६ शिबनगरमा रहेको पिसिआर परिक्षण प्रयोगशालामा ६२ जनाको स्वाब परिक्षण गर्दा १३ जना महिला र १२ जना पुरुष संक्रमित गरी २५ जना थपिएका हुन् ।
यो सहित जिल्लामा कुल संक्रमितको संख्या दुई हजार १५७ जना पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६०१ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
थपिएका संक्रमितहरुमा कमलामाई नगरपालिकामा १० जना, तीनपाटन गाउँपालिकामा चार जना र मरिण गाउँपालिकामा ११ जना रहेका छन् ।
हाल जिल्लामा कमलामाई नगरपालिकामा ५६६ जना, दुधौली नगरपालिकाका ३९३ जना, तीनपाटन गाउँपालिकाका १५३ जना, फिक्कल गाउँपालिकाका २१३ जना, सुनकोसी गाउँपालिकाका १५२ जना, गोलन्जोर गाउँपालिका १६२ जना, घ्याङलेख गाउँपालिकामा १६५ जना, मरिण गाउँपाकिाका ३२० जना र हरिहरपुरगढी गाउँपालिकामा ३३ जना संक्रमितको संख्या पुगेको छ ।
हाल सक्रिय संक्रमित मध्ये मध्ये संस्थागत आईसोलेसनमा महिला आठ जना र पुरुष १३ जना गरी २१ जना रहेका छन् । त्यस्तै होम आईसेलेसनमा महिला २७१ जना र पुरुष ३०९ जना गरी ५८० जना रहेको कार्यालयले जनाएको छ ।
संकलन गरिएको स्वाब मध्ये अब १४ जनाको पिसिआर परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।