शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

डेढ महिनादेखि बन्द सिन्धुली मालपोत कार्यालय मंगलबारदेखि खुल्ने

सोमवार , आषाढ ७, २०७८

सिन्धुली – कोरोना भाईरस जोखिमका कारण डेड महिनाभन्दा बढी समयदेखि बन्द रहेको मालपोत कार्यालय सिन्धुलीको सेबा प्रवाह मंगलबारदेखि सुचारु हुने भएको छ ।

घर जग्गा कारोबार एवं बैंक तथा बित्तिय संस्थाहरुबाट राखिने दृष्टिबन्धक रोक्का सम्बन्धि कामकाज लामो समयदेखि अबरुद्ध हुदा सेवाग्राहीलाई परेको समस्यालाई दृष्टिगत गरी सेबा प्रवाह सूचारु गरिएको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम दाहालका अनुसार सिन्धुली जिल्लामा निषेधाज्ञा घोषणासँगै बैशाख २२ गतेदेखि उक्त कर्यालयको सेवा प्रबाह बन्द गरिएको थियो । सेबाग्राहीको व्यापक गुनासो आएपछि कार्यालयको सेबा प्रवाह सुचारु गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको नौ वटै पालिकालाई दिईने सेवा प्रवाहको कार्य तालिका बनाई उक्त सेवा प्रवाह सुरु गरिएको हो । अब प्रत्येक पालिकालाई हप्ताको दुई दिन मात्रै सेवा प्रवाह गरिने सूचना अधिकारी दाहालले सुनाउनुभयो ।

उहाका अनुसार अब आईतबार र सोमबार दुधौली नगरपालिका, तीनपाटन गाँउपालिका, फिक्कल गाँउपालिका, सोमबार र मंगलबार मरिण गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका, सुनकोसी गाँउपालिका, बिहिबार र शुक्रबार कमलामाई नगरपालिका, घ्याङलेख गाँउपालिका र गोलन्जोर गाँउपालिकालाई सेवा प्रवाह गरिने छ ।

मालपोत कार्यालयले सोमबार एक सूचना जारि गर्दै यस्तो जानकारी गराएको हो ।

प्रतिक्रिया