शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा निषेधाज्ञा थप्दै खुकुलो बनाइयो, कुन व्यवसाय कति बजेसम्म खोलिने ? पढौँ

सोमवार , आषाढ ७, २०७८

सिन्धुली जिल्लामा कोरोना सङक्रमण नियन्त्रण तथा रोकथामका लागि यस अघि लगाएको निषेधाज्ञा सात दिनका लागि थप गरि निरन्तरता दिईएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लामा कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई असार १४ गते राती १२ बजेदेखिसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि लगाएको निषेधाज्ञाको समयावधि सोमबार राती १२ बजे सकिदै छ । उहाँका अनुसार जिल्लामा कोरोना सङक्रमण दर बढेपछि मानिसको भिडभाड नियन्त्रण गर्न बैशाख २२ गतेदेखि निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । यसअघि छैठौ पटकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

यस पटक थपिएको निषेधाज्ञामा दुई पाङग्रे तथा चार पाङग्रे (रातो प्लेटको) नीजि सबारी साधान सञ्चालन गर्न पाउने अनुमति दिईएको छ । भाडाका सार्बजनिक सबारी साधन सञ्चालनमा भने अनुमति दिईएको छैन । त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउदै यसअघि दिउसो १२ बजेसम्म सञ्चालन गर्न दिएको व्यापार व्यवसाय दिउसो ३ बजेसम्म सञ्चालन गर्न पाउने समय थप गरिएको प्रजिअ न्यौपानेले सुनाउनुभो । उहाँका अनुसार यसअघि बन्द अवस्थामा रहेको होटल व्यवसायलाई भने बनाएको परिकार होमडेलिभरी (घरमा पठाउने गरी) गर्ने तर ग्राहक राखेर खुवाउन नपाउने गरी सञ्चालन गर्ने अनुमति दिईएको छ ।

मालपोत कार्यालय कहिले खुल्छ ? तल तस्बिरमा हेरौँ

कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनाभन्दा बढी समयदेखि सबै व्यवसाय बन्द हुनेगरी निषेधाज्ञा जारी गरिदा उपभोक्ता र व्यापारीलाई समेत अप्ठेरो परेकाले यस पटक निषेधाज्ञा अझ खुकुलो बनाएको उहाँको भनाई छ । कार्यालयका अनुसार यसअघि बसेको जिल्ला कोभिड–१९ सङकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा सात दिन थप्न सिफारिस गरेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी त्यसलाई अनुमोदन गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार दोस्रो लहरको कोरोनाको सङक्रमण सुरु भएपछि हालसम्म दुई हजार १३२ जना सङक्रमित भएका र ३२ जनाले ज्यान गुमाई सकेका छन् । त्यस्तै एक हजार ५११ जनाले होमआईसोलेसनमा बसेर उपचार गरि कोरोनालाई जितेर निको भएका छन् । हाल जिल्लामा सक्रिय कोरोना सङक्रमितको सङख्या ५८९ रहेको छ ।

निषेधाज्ञाको अविधिभर सैलुन, जिमखाना, शैक्षिक संस्था, ट्युसन सेन्टर, पार्टी प्लालेस, लगायतका नियमित सेवाहरु र उद्योग, कलकारखाना बन्द हुने जनाईएको छ ।

बैठकले औषधि तथा औषधिजन्य पसल २४ सै घण्टा, पेट्रोल पम्प, खाद्यान्न, फलफुल, तरकारी, दुध, डेरी र ग्यास पसल बिहान ७ बजेदेखि दिउसो ३ बजेसम्म खुल्ने निर्णय गरेको छ । खुल्ने सेवाहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाई सरकारी कार्यालय, सामाजिक संघ संस्था, बैंक तथा बित्तिय संस्था सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ । निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शबबहान, खाद्य सामग्री, औषधि, कुखुराको चल्ला, पशुपंक्षिको दाना, पानी, दुध, ईन्धन, फलफुल तथा तरकारी बोकेका सबारी साधनहरु, निर्माण सामग्री ढूवानीका साधनहरु निर्बाध सञ्चालन हुन पाउने भएका छन् ।

प्रतिक्रिया