सिन्धुलीमा एकैदिन निषेधाज्ञा उल्लंघन गर्ने ६९ जनालाई कार्वाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अनुमितबिना चलेका सवारीसाधन र बढी भाडा लिने चारपांग्रे गाडीलाई कार्वाही गरिएको हो । प्रहरीले सोमबार चेक प्वाईन्टमा चेकजाँज गर्दा १९ वटा सवारीसाधनलाई कोभिड १९ अध्यादेश रसिद अनुसार कार्वाही गरिएको हो । पुर्वका जिल्लाबाट विभिन्न सवारीसाधनमा सवार ३९ जनाले निषेधाज्ञा उल्लंघन गरेकोले कार्वाही गरि गन्तव्यतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । त्यस्तै, बढी भाडा लिने चारपांग्रे सवारीसाधनमा सवार यात्रुहरुलाई पैसा फिर्ता गरिएको पनि लामाले बताउनुभयो । एक सवारीसाधन भने अनुमितबिना चलेको भन्दै जरिवाना गरी पुर्वतर्फ फिर्ता पठाइएको छ ।
काठ बरामदः सिन्धुलीको सुनकोशी गाउँपालिका ३ सादीँखोला स्थित विभिन्न व्यक्तिहरुको जग्गामा कटान गरिएको काठ प्रहरीले बरामद गरेको छ । प्रदेश ३–०१–०००६ ख ०९१० नम्बरको ट्रकमा लोड गरी रहेको अवस्थामा खयरको काठ नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी रातमाटाबाट खटिएको प्रहरी गस्ती टोलीले सोधपुछ गर्दा उक्त काठको आवश्यक कागजपत्रहरु साथमा नरहेकोले नियन्त्रणमा लिएको हो । अन्दाजि ८० क्युफिट खयरको काठ, ट्रक र चालकसहित तीनजनालाई आवश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय सुनकोशि बुझाईएको प्रहरीले जानकारी दिएको छ ।