शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

काठमाडौँको आकाशमा अचम्मको दृश्यः दर्जनौँ पटक एउटै प्लेन उड्ने र बस्ने किन गर्यो ?

सोमवार , आषाढ ७, २०७८

काठमाडौँको आकाशमा सोमबार बिहान अचम्मको दृश्य देखियो । विमानस्थल आसपास क्षेत्रका स्थानिय अचम्मित बने । एउटै प्लेन घरि उड्ने त घरि बस्ने गरिरहेका थियो । यो अनौठो दृश्यले काठमाडौँवासीलाई अचम्मित बनायो । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दर्जनौँ पटक उक्त प्लेन उड्ने र बस्ने गरिरह्यो । आखिर किन उक्त प्लेन एकछिनमै उड्ने र एकछिनमै बस्ने गर्यो त ? काठमाडौँवासीमा यो अनौठो दृश्यले कौतुहुल्ता बढायो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर वास्तविकता भने अर्कै रहेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो । सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज एकछिन आकाशमा फन्को मारेर ल्याण्ड गर्छ र केहीबेरमै फेरि उड्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया