सिन्धुली, ६ असार, - सिन्धुलीमा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने या अरु नियम लगाउने भन्ने निर्णय भने भोली बस्ने डिसिसिएमसी सिन्धुलीको बैठक पछीनै थाहा हुने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनु भएको छ ।
डिसिसिएमसी सिन्धुलीका अध्यक्ष समेत रहनु भएका न्यौपानेले भोली थपिने निषेधाज्ञा पहिलाको भन्दा केही परिमार्जित हुने बताउनु भएको छ । उहाले अहिले मध्यान्ह १२ बजे सम्म खोल्न दिईएको पसलहरु दिउसोको ३ बजे सम्म खोल्न दिईने निर्णय समेत हुन सक्ने जानकारी दिनु भएको हो ।
सार्बजनिक यातायात तथा स्कुलको हकमा भने अहिलेनै खोलीहाल्ने किसिमको बाताबरण नरहेको उहाको भनाई छ । यस अगाडी थप गरिएको निषेधाज्ञा भोली राती १२ बजे देखी सकिदै छ ।