सिन्धुली– हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीले किसानहरूको लागि बजेट वक्तव्य प्रस्तुत गरेको छ । किसानहरूको लागि सहकारीले शनिवार ९ करोड ५२ लाखको साना किसान बजेट वक्तव्य प्रस्तुत गरिएको हो ।
बजेटमा शेयर सदस्यलाई कृषि उद्यमी बनाउन तालीम दिने साथै व्यवसाय गर्ने ऋण उपलब्ध गराउने, १५ जना किसान तथा उद्यमीलाई ४ लाख ५० हजार बराबरको लगानीको व्यवस्था गरिने, युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन तालिम साथै ३ लाख ऋणको व्यवस्था गर्ने, सहिद तथा द्धन्द्ध पीडित परिवारलाई कृषि उद्यमी तालिम सहित ऋणको व्यवस्था मिलाइने, शेयरधनिको छोराछोरीहरूलाई कृषि प्राविधिक १० महिने कोष अध्ययनको लागि इजरायल पठाउने कार्यलाई निरन्तरता दिने, भैसि पालनको लागि २ करोड ५० लाख विनियोजन गरिएको सहकारीका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
उहाँले किसानको लागि बजेट ल्याउने पहिलो सहकारी हातेमालो साना किसान कृषि सहकारी संस्था लि. सिन्धुली रहेको बताउनुभयो ।सहकारीले एक वर्ष अगाडी देखि यसरी नै हरेक असारको ५ गते किसानको लागि बजेट वक्तव्य प्रस्तुत गर्दै आइरहेको अध्यक्ष विश्वकर्माले जानकारी दिनु भयो । कार्यक्रममा तिन वर्ष सम्म लगातार उत्कृष्ट किसानको रूपमा सम्मानित हुनुहुने निर्मला गौतम लाई साना किसान सहकारी सहुलियत कार्ड प्रदान गरी सम्मान पनि गरिएको थियो ।
सहकारीका अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षता तथा बागमती प्रदेश सांसद विनोद खड्काको प्रमुख आतिथ्य तामा कार्यक्रम भएको थियो । कार्यक्रममा पत्रकार महासंघको सिन्धुली को अध्यक्ष कृष्णहरी घिमिरे, हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको उपाध्यक्ष निर्मला गौतम, कोषाध्यक्ष बुद्धिमान श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो ।