सिन्धुली– सिन्धुलीको कुल वन क्षेत्र मध्ये आधा भन्दा धेरै चुरे क्षेत्रमा पर्दछ । अत्यन्त कमजोर भू–बनोटका कारण चुरे क्षेत्रबाट हुने भू–क्षयबाट वर्षेनी सयौं विगाहा खेतीयोग्य जमिन बगरमा परिणत हुदै आएको छ भने खानेपानीको समस्या उस्तै विकराल छ ।
चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाइ चलाउनासाथ सबै बग्ने गरेको कमलामाइ १० का कृष्णहरि घिमिरे बताउनु हुन्छ । वन पैदावार र ढुंगा, बालुवा र गिट्टीका लागि चुरेक्षेत्र उपयोग गर्दा कमलाखोंच र मरिणका फाटहरु बगर बन्दै गएको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष समेत रहनुु भएको घिमिरेको तर्क छ ।
उहाँले भन्नुभयो, “ढलापडा सुख्खड खडाका नाममा चुरे क्षेत्रको वन मास्दै लाने क्रम अझै रोकिएको छैन्, त्यसमाथि चुरे दोहन गरि ढुंगा, बालुवा र गिट्टी निकासी भन्दै क्रसर उद्योगहरु ठडिन थालेका छन् ।” कमलाखोंच तथा मरिण क्षेत्रको चुरे खहरेबाट दशक अघि अबैध ढुंगा संकलन गरि भारत निकासी गरेको मार त्यस क्षेत्रका स्थानीयहरुले अहिलेसम्म बेहोर्दैछन् ।
चुरेखहरेबाट ढुंगा उत्खनन् गरि कमलामााइ नगरपालिकाको भिमानमा संकलन गरेर दशक अघि भारत निकासी भएको थियो । स्थानीयको ठुलो विरोधपछि त्यो क्रम रोकिएको थियो । “कमलाको बगर उक्सिएर फाट खेतहरु बगर बन्ने र हिंउदको मौसमा पानीको हाहाकार भइ काकाकुल बन्नुपर्ने अवस्था आएको फडानी र दोहनले गर्दा नै हो,” घिमिरेले ठोकुवा गर्नुभयो ।
“राज्यलाइ प्राकृतिक श्रोत विक्री गरेर आम्दानी लिन मन भए, इआइए गरेर खानीबाट निकाली बैधानिक विक्री बितरण गरे हुन्छनी”, उहाँले भन्नुभयो, “चुरे क्षेत्र चलाएर भावी पुस्ताले समेत धिक्कार्ने काम गर्नु हुदैन् ।”
सिन्धुली वन डिभिजन कार्यालयका अनुसार दुई लाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्र मध्ये एक लाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्दछ । त्यसमध्ये एक लाख चारहजार ९९७ हेक्टर वन क्षेत्रमा पर्दछ भने ४४ हजार १०९ हेक्टर जमिनमा खेती हु“दै आएको छ । चारहजार दुई सय ८६ हेक्टर बुट्यान छ ।
डिभिजन वन कार्यालयकी अधिकृत कुसुम नेपाल चुरे क्षेत्रको माटोमा पानी अडिनै नसक्ने खालको हुने भएकाले त्यसलाइ चलायोकी बगिहाल्ने खालको हुने बताउनुहुन्छ । “चुरेलाइ चलाउनै हुदैन्,” उहाँले भन्नुभयो, “त्यसबाट विपत्ति निम्तिन शुरु भइहाल्छ । ठुल्ठुला खहरे बन्छ, खेतीयोग्य जमिन बगर नै बनाउछ ।” राष्ट्रपति चुरे संरक्षणको कुनै पनि योजना वन डिभिजनमा नभएको अधिकृत नेपालले सुनाउनुभयो ।
तिनै अधिकृतको तर्कसग जनज्योती मावि भिमानका पूर्व प्रअ शालिग्रामप्रसाद पौडेल सहमत हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले जान्दा समेत चुरे क्षेत्रबाट एकाध बाहेक खहरे निस्किएका थिएनन्, वन कटानी र ढुंगा, बालुवा निकाल्ने गरेपछि अहिले दर्जनौ नया“ खहरे बनेका छन् ।”
“एकातर्फ खहरे बढेका छन् भने अर्कोतर्फ खेती योग्य जमिन बगर बनेको छ । सुख्खा मौसममा खानेपानीको समस्या उस्तै छ,”उहाँले थप्नुभयो । चुरेलाइ प्राकृतिक श्रोत बनाउनु भन्दा खानीबाट बैध निकासी गर्न सरकारलाइ उहाँले पनि सुझाव दिनु भएको छ । चुरे क्षेत्रमा दुधौली नगरपालिकादेखि हरिहरपुरगढी गाउपालिकासम्म पर्छ ।
सिन्धुलीमा पर्ने चुरेको सय किलोमीटर क्षेत्रमा निर्माणधिन मदन भण्डारी लोकमार्गले समेत ट्याक खोल्दा धेरै विनास भएको छ । सडक बिस्तारले चुरेको का“ठ क्षेत्र कमजोर भएकाले अब उत्खनन् भन्दा संरक्षणमा बढि जोड दिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठको भनाइ छ ।
“सामुदायिक वन बनाएर चुरे क्षेत्र उपभोक्ताहरुलाइ देउ भन्दा सुनुवाइ नै भएन्,” उहाँले भन्नुभयो, “यतिखेर त्यै चुरेमा सबैका आ“खा गढेका छन् । चुरेमा दोहन शुरु हुनासाथ अर्को प्राकृतिक विपत्ती आइलाग्छ ।”
मदन भण्डारी राजमार्गलाइ लक्षित गरेर चुरे क्षेत्रमा खुलेका क्रसरहरुले यतिखेर जरा गाड्न थालेका छन् । अझ राज्यको सपोर्ट र बैधानिकता पाउने हो भने चुरे क्षेत्रको भक्षक तिनै क्रसरहरु हुनेमा शंका नभएको वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ सुनाउनुहुन्छ । “बगर बनेको जमिन जोगाउन तारजाली भर्ने ढुंगा नपाएर किसानहरु हैरान छन्, बैधानिक निकासी पाउने हो भने केही बाकी रहदैन,” उहाँले ठोकुवा गर्नुभयो । सुकुम्वासीका नाममा चुरे क्षेत्रको सयौं बिगाह जंगल फडानी गरेर बस्ती बसालिएको छ ।
डिभिजन वन कार्यालय प्रमुख थीरबहादुर कार्कीका अनुसार जिल्ला भरिमा करिब ८ हजार हेक्टर वन अतिक्रमण भई सकेको छ । चुरे जंगलको तल्लो फा“टको तीनहजार ३८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भई सकेको कार्यालयको तथ्यांंकमा छ ।