सिन्धुली, – यात्रुसँग बढी भाडा असुली प्रहरीलाई आर्थिक प्रलोभनमा परेर बीपी राजमार्ग हुदै ईटहरीबाट काठमाडौँ हिडेको एक सबारी साधनको चालकलाई प्रहरीले कारबाही गरेको छ ।
सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ खुर्कोट बजारस्थित ट्राफिक प्रहरी चेक पोष्टमा शनिबार प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजी यात्रुबाट बढी भाडा असुलेको उक्त सबारी साधनको चालक र सह चालकलाई जरिवाना गरि कारबाही गरेर छाडेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ना ४ ख ४३०९ नम्बरको हायस चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका १० निवासी ३८ बर्षिय लिला खड्गी र सोही ठाँउ निवासी सहचालक २० बर्षिय अभिषेक परियारलाई कारबाही गरिएको हो । गाडी ईन्ट्रि गर्न आउदा प्रहरीले काठमाडौँ जाने पास माग्दा सह चालक परियारले एक सय रुपैया दिन खोजेर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
अनुसन्धानका क्रममा उक्त गाडीले १४ जना यात्रु बोकेर आएको र ती मध्ये आठ जनासँगबाट १६ हजार तीन सय रुपैया बढी भाडा लिएको पाईएकोले उक्त भाडा असुल गरी सम्बन्धित यात्रुलाई फिर्ता गरिएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बढी भाडा लिए बापत पाँच हजार रुपैया ट्राफिक जरिवाना र निषेधाज्ञा उलंघन गरे बापत कोभिड १९ अध्यादेश अनुसार पाँच हजार रुपैया जरिवाना गरि अब आईन्दा प्रहरीलाई आर्थिक प्रलोभनमा नपार्ने शर्त गराई पुनः ईटहरी फिर्ता पठाईएको छ ।”