शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको प्रभात माविद्वारा विद्यार्थीलाई पढाईसँग जोड्न सिकाई सहजीकरण सुरु

शनिवार , आषाढ ५, २०७८

सिन्धुली – कमलामाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासले चार ठाँउमा बैकल्पिक सिकाई केन्द्र स्थापना गरी सिकाई सहजीकरण सुरु गरेको छ ।

विश्वमा माहामारिको रुपमा फैलिएको कोभिड १९ को संक्रमणका कारण विद्यालय खोलेर विद्यार्थीको पठनपाठन गर्न संभव नभएपछि उक्त सिकाई केन्द्र स्थापना गरी सिकाई सहजीकरण सुरु गरिएको विद्यालयले जनाएको छ ।

उक्त विद्यालयको सेवा क्षेत्र रानीबास, रुचानी, मडाहा र बयरवनमा सिकाई केन्द्र स्थापना गरि स्वास्थ्य मापदण्ड अप्नाई विद्यार्थीको भौतिक उपस्थितीमा दैनिक चार घण्टा सिकाइ सहजीकरण गर्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र आषाढ १ गतेबाट वैकल्पिक माध्यमवाट सुरु गर्ने भन्ने सूचनाका आधारमा सोही दिनदेखि सिकाई केन्द्र स्थापना गरि सिकाई सहजीकरण गरेका छौं ।”

दैनिक १२ जना शिक्षकले कक्षा १ देखि ८ सम्मका करिब तीन सय बालबालिकालाई सहजीकरण गर्दै आएको प्रधानाध्यापक थिङले बताउनुभयो । उहाँका अनुसार उक्त बैकल्पिक विधिबाट हाललाई सिकाई सहजीकरण असार २० गतेसम्म गरिने छ । त्यसपछिको अवस्थालाई मूल्यांकन गरी कार्य गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय भएको छ ।

भौतिक उपस्थिति हुन नसक्ने अवस्था र शिक्षकहरु समेत कोभिडको खोप नलगाई विद्यालय उपस्थित नहुने भनी आन्दोलनरत भएकाले विद्यार्थीको हितमा वैकल्पिक सिकाई सहजीकरण सुरु गरिएको हो विद्यालयले जनाएको छ ।

प्रतिक्रिया