नायिका ऋचा शर्माले केहि समयअघि एक रियालिटि शोमा कण्डमको बारेमा बोलेका कुराहरु सामाजिक संजालमा भा इर-ल बनेको छ । उनी जज रहेको टिभी रियालिटी शोमा कण्डमको बारेमा बोल्दा ट्रो'लको शि-कार बनेकि हुन् । यहाँ प्रसंग चाहिँ कमेडि च्याम्पियनको एक एपिसोडको हो, जहाँ एक प्रतियोगीको प्रस्तुतिमाथि मत जाहेर गर्ने क्रममा ऋचाले भनिन्, ‘कण्डमलाई टोपी होइन, कण्डम नै भन्नुस् ।’ उक्त प्रस्तुति थियो हिमेश पन्तको ।

उक्त एपिसोडमा आफ्नो बाल्यकालको एउटा स्मरणलाई कमेडीमा ढा लेर पेश गरेका थिए, तर खासै जम्न सकेन । त्यही क्रममा कण्डमको प्रसंग निकालेका थिए । तर, उनले कण्डम नभनि सांकेतिकरुपमा ‘टोपी’ भने । यो कुरा ऋचालाई चित्त बुझेनछ । उनले हिमेशको प्रस्तुतिको चर्चा गर्ने क्रमममा सोधिन्, ‘तपाईंले किन कण्डमलाई टोपी भन्नुभयो ?’ हिमेशले उत्तर दियो, ‘मलाई सँधै कमेडीमा छा-डा शब्द बोल्यो भनेर आरोप लाग्छ, त्यसैले ।’ अनि ऋचाले सम्झाउँदै भनिन्, ‘अहँ, यो ठिक भएन । कण्डमलाई टोपी होइन, कण्डम नै भन्नुस, यही राम्रो सुनिन्छ ।’

हिमेश ट्वाँ परे । सायद सोचिरहेका थिए, बो ल्ड शब्द प्रयोग गर्दा पनि आ लोच ना हुन्छ, घुमाएर भन्दा पनि सुख छैन । कमेडी च्याम्पियनमा सुरु–सुरुमा प्रतियोगीहरुले ‘बो-ल्ड’ शब्दहरु खुबै प्रयोग गर्थे । तर, पारिवारिक शोमा छाडापन भित्र्याएको भनेर आ लोच ना भएपछि अहिले यस्तो क्रम निकै कम भएको छ । केही साताअघि ‘सीता मातालाई रक्सी खुवाउनुपर्ने’ संवाद बोलेर वि वा दमा आएपछि हिमेशको आत्मविश्वास डग्म गा एको छ ।

पछिल्ला दुई एपिसोडमा उनको कमेडी त्यति सन्तोषजनक छैन । नेपालकै पहिलो कमेडी रियालिटी शोमा सन्तोष पन्त, प्रदीप भट्टराई, मनोज गजुरेलसँगै ऋचाको जज प्यानल छ ।

कमेडी च्याम्पियनले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण त यसका प्रतिस्पर्धीहरुको स्तर नै हो । अर्को सहायक कारण चाहिँ जजहरु पनि हुन् । चारै जना जजहरुको सटिक मूल्यांकन गर्ने क्षमता छ तर शैली आ–आफ्नै छ । अन्य रियालिटी शोमा जस्तो जजहरुमाथि यसमा प्रश्न उठेको छैन । सुरुमा ऋचालाई जजको स्थानमा देख्दा कतिपयले प्रश्न उठाएका थिए, के आधारमा उनी कमेडी शोको जज ? तर, ऋचाले आफूमा स्ट्यान्ड अप कमेडीको मूल्याङ्कन र विश्लेषण र्ने क्षमता रहेको प्रमाणित गरिसकेकी छन् । कहिलेकाहीँ सामान्य ग ल्ती हरु त भइ नै हाल्छन् ।
