शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मधुटारमा कम्पोष्ट मल बनाउन सिकाउँदै टोल विकास समिति

शनिवार , आषाढ ५, २०७८

कमलामाई नगरपालिका ५ मधुटारमा कम्पोष्ट मल बनाउने तालिम संचालन गरिएको छ । फोहोरमा मोहोर, पिसाबमा हिसाब भन्ने अभियानको साथ नमुना टोल विकास बनाउने उदश्यले कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको वडा स्तरीय टोल विकास समन्वय समितीको भवनमा कम्पोष्ट मल बनाउने तालिम सुरु गरिएको हो ।

तालिममा वडा नम्बर ५ का १६ वटा समुहले सहभागिता रहेको छ ।

बिहिबारबाट सुरु भएको तालिममा प्रत्येक समुहको १०÷१० जनालाई सहभागि गराईएको छ । कुनैपनि कामको लागि प्रयोग नगरिएका स्याउला तथा घाँस, सुकेको र हरियो पत्करको मिसावटको प्रयोग गरि कम्पोष्ट मल बनाउन सकिने र उक्त मल आवश्यक अनुसार तरकारी तथा बाली विरुवामा हाल्न मिल्ने जनाएको छ । कम्पोष्ट मल खाल्डोमा हालेको ३५ दिनमा प्रयोग गर्न मिल्ने फलफुल कन्दमुल बागबाणीका प्रमुख स्वस्तीका चौहानले बताउनुभयो । तालिमको उद्घाटन कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रिले गर्नुभएको थियो । तालिमको सहजीकरण फलफुल कन्दमुल बागबाणीका प्रमुख स्वस्तीका चौहान र नगरपालिकाका वातावरण शाखा प्रमुख प्रकाश कार्कीले गर्नु भएको छ । तालिम आज(शनिबार) सम्म चल्ने छ ।

खोल्मा डाडामा विस्तार भएको विद्युत लाईनको अनुगमन: कमलामाई नगरपालिका २ खोल्मा डाडामा विस्तार भएको विद्युत लाईनको अनुगमन गरिएको छ । कमलामाई नगरपालिकाको ६ लाख ५८ हजार लागतमा उपभोक्ता समित मार्फत कमलामाई नगरपालिका २ खट्टार देखि खोल्मा डाडासम्म ६ किलोमिटर विद्युत लाइन विस्तार गरिएको हो । लाइन विस्तार कार्य जेठ मसान्तमा सम्पन्न भएको थियो ।

अनुगमनको क्रममा विद्युत विस्तारका सबै कार्य राम्रो रहेको र कुनै समस्या नरहेको पाईएको नगरपालिकाका ईन्जिनियर विनोद खकुरालले बताउनुभयो । उहाँका अनुसार उक्त विद्युतबाट वडा नम्बर २ का ६४ घर धुरी लाभान्वित भएका छन् । यस्तै, कमलामाई नगरपालिका २ मा रहेको जनजागृती माध्यामिक विद्यालय निबुवाटारमा निर्माणाधिन विद्यालय भवनको पनि अनुगमन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार योजना शाखा अन्तर्गतको १८ लाख लागमा २ कोठे ट्रस्ट भवन निर्माण भईरहेको छ । २०७८ जेठबाट सुरु गरिएको भवन निमार्ण कार्य यहि असार मसान्तमा सम्पन्न गर्नेगरि काम भईरहेको नगरपालिकाका ईन्जिनियर विनोद खकुरालले बताउनुभयो । निर्माण भईरहेको विद्यालयको भवनमा ¥याम राखेर अपाङ्ग मैत्री निर्माण गरिएको ईन्जिनियर खकुरालले बताउनुभयो ।

अनुगमनमा कमलामाई नगरपालिकाका इन्जिनियर विनोद खकुराल, इन्जिनियर आस्तिक बराल, इलेक्ट्रीकल इन्जिनियर नवीन वस्नेत, जिन्सी प्रमुख इश्वर दर्लामी, असिष्टेन्ट सव–इन्जिनियर मुरहरी श्रेष्ठ र स्थानिय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया