शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा हेलिमार्फत संक्रमितलाई काठमाडौँ लगियो, शुल्क दुई लाख भन्दा बढि (भिडियो)

बिहिवार , आषाढ ३, २०७८

सिन्धुली– सिन्धुलीमा बिहिबार कोरोना संक्रमित एक वृद्धलाई थप उपचारकालागि काठमाडौँ लगिएको छ । कोरोरा संक्रमित वृद्धालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो । बिहिबार कोभिड अस्पतालमा उपचारत कमलामाई नगरपालिका ६ धुराबजारको ७३ वर्षीय वृद्धालाई थप उपचारको लागि काठमाडौ लगिएको हो । उक्त वृद्धाको असार १ गते पिसिआर परिक्षण गर्दा रिपोट पोजेटिभ आएको सिन्धुली अस्पतालका कोरोना पोकल पर्सन सागर देवकोटाले बताउनुभयो । प्रेसरको रोगी वृद्धालाई कोरोना पोजेटिभ रिपोट आएसँगै भेन्टिलेटमा उपचार गरिरहेको उहाँले बताउनुभयो । स्वास्थ्यमा जटिलता भएपछि थप उपचारको लागि उनको परिवाले काठमाडौ लगेको देवकोटाले बताउनु भयो । जिल्लामा हाल सम्म ३२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

हेलिकप्टरको शूल्क दुई लाख भन्दा बढिः सिन्धुलीमाडीस्थित कोभिड अस्पतालमा उपचाररत कमलामाई नगरपालिका–६ का संक्रमित पुरुषलाई थप उपचारका लागि बिहीबार हेलिकप्टरबाट काठमाडौं लगिएको छ । सिन्धुलीमा पछिल्लो समय कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौँ लग्ने क्रम बढिरहेको छ । हालसम्म सिन्धुलीबाट सातजना भन्दा बढि कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता संक्रमितलाई थप उपचारका लागि काठमाडौं लैजान दर्जनौं पटक सिन्धुलीको आकाशमा हेलिकप्टरले उडान गरेका छन् ।

यो संक्रमित र परिवारका लागि रहर होइन, बाध्यता हो । कान्तिपुर लेख्छः ‘बिरामीलाई उपचार गराउँदा बीसको उन्नाइस नभएपछि विकल्प खोज्नु हाम्रो बाध्यता हो,’ स्थानीय डम्बर कार्की भन्छन्, ‘यो बिरामी यहीं ठीक हुन्छ, कहीं लैजानु पर्दैन भनेर चिकित्सकले ढाडस नदिँदा ऋणधन गरेरै हेलिकप्टर बोलाउनुपर्छ ।’ संक्रमितको उपचारका लागि कोभिड अस्पतालमा भेन्टिलेटरसहित तीन बेडको आईसीयू कक्ष छ । तर दक्ष चिकित्सकको अभावमा पूर्ण सञ्चालनमा आउन सकेको छैन । जसका कारण बिरामीका परिवार महँगो भाडा तिरेर बिरामीलाई काठमाडौं लैजान बाध्य छन् ।

हेलिकप्टरले यहाँबाट काठमाडौं लगेको एक लाखदेखि डेढ लाख रुपैयाँसम्म लिने गरेका छन् । कोराना संक्रमितको हकमा थप ५० प्रतिशत भाडा बढी लिन मिल्ने सरकारी निर्णयका कारण दुई लाखभन्दा बढी बिरामीले बेहोर्नु परिरहेको छ । त्यसमाथि एक विशेषज्ञले सिन्धुली अस्पताल र कोभिड अस्पताल दुवैतिर भ्याउनुपर्ने अवस्था रहेकाले प्रभावकारी उपचार पाइनेमा ढुक्क हुने अवस्था नरहेको सेवाग्राही बताउँछन् । हाल एनेस्थेसियोलोजिस्ट डा. सागर देवकोटाको टोलीले आईसीयू र भेन्टिलेटरमा सेवा दिइरहेका छन् । ‘हामीले सक्ने सेवा दिने हो, गम्भीर बिरामीलाई थप उपचारका लागि काठमाडौं लैजाऊँ कि भनेर बिरामीका आफन्तले सोध्दा हुँदैन भनेर कसरी भन्नु ?’ अस्पतालका इन्चार्ज एवं रेडियोग्राफर अमृत कार्कीले भने । कोभिड अस्पतालका ५० बेडमध्ये २३ वटा एचडीयू बेड छन् ।

प्रतिक्रिया