रानीबास(सिन्धुली), – यो बर्षको बर्षादको मौसम सुरुसँगै सिन्धुलीको कमलाखुँज र मरिण क्षेत्रमा चुरे जंगलको आसपासमा बस्ने बासिन्दामा चि’न्ता छाउन सुरु गरेको छ ।
जंगल बिनाससँगै ब’र्षादको मौसममा जन्मिने नयाँ खहरेले बस्ति तथा खेतबारीमा क्षे’ती पुर्याउने भएपछि चुरे जंगलको छेउछाउ बस्ने बासिन्दामा चि’न्ता छा’उन सुरु गरेको हो । कमलाखुज र मरिण क्षेत्रमा चुरे जंगलको वि’नासले बर्सेनि नयाँ खहरे जन्मने क्रम बढेको छ ।
सु’कुम्बासीका नाममा बर्सेनि बढ्दै गएको चुरे अ’तिक्रमण र काठ चो’री निकासीका कारण ख’हरेखोला बढ्न गइ समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् ।
उनीहरुका अनुसार चुरे जंगलको वि’नासले कमलाखुँज क्षेत्रमा रानीबास, निपाने, हर्षाही, टाँडी, हत्पते र मरिण क्षेत्रका कल्पबृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुरासे, माहादेवस्थान लगायत एक दर्जनभन्दा बढि ठाँउका कृषक प्रभावित बनेका छन् । “वन अ’तिक्रमण र चो’री निकासीले बर्षातको समयमा पाखै ब’गेर आउने खहरेको भेलले उर्बर जमीन समेत ब’गरमा परिणत भएका छन”, दुधौली नगरपालिका स्थित निपाने निवासी शिक्षक बाशु कोइरालाले भन्नुभयो, “खहरे नियन्त्रण हुन नसके उर्बर जमीन केही वर्षमै ब’गर बन्नेछन् ।”
“चुरे जंगलको वि’नासले नै बर्सेनि नया ख’हरे जन्मिने क्रम बढेको छ’, उहाँले थप्नुभयो, ‘चुरे जंगलबाट निस्किने खहरेका कारण ब’र्षातको मौसममा चुरे आसपासमा बसोवास गर्ने बढि पी’डित हुदै आएका छन् । कमलाखुज क्षेत्रमा मात्रै सानाठूला गरि एक सयभन्दा बढि खहरे चुरे जंगलबाट निस्किएको छन् ।”
चुरे जंगलबाट निस्किने खहरेले दश हजार बिघाभन्दा बढि उर्वर जमिन ब’गरमा परिणत गराई सकेको स्थानीय कृषकहरु बताउछन् । दुधौली नगरपालिकाका प्राविधिक सहायक हेरम्बराज अधिकारी खहरे खोलाले यस क्षेत्रमा कति उर्वर जमिनलाई क्ष’ति पुर्यायो, त्यसको लगत कुनै पनि निकायसँग नभएको बताउनुहुन्छ ।
जंगल वि’नास गर्नु हुदैन भन्ने स्थानीय उपभोक्ताहरुमा चेतनाको अभाव रहेको तथा त्यो भन्दा बढि त समय–समयमा त’स्करले जंगल फ’डानी गरि अबैद्य रुपमा काठ लाने गरेकोेले स’मस्या बढ्दै गएको स्थानीय बासिन्दाको भनाई छ ।
चुरे जंगल बिनास भइ आएको खहरेले आफ्नो दुइ बिधा जमिन बगरमा परिणत गराएको सम्झिदै रानीवास चन्दनपुरका कृषक रामप्रसाद दनुवार वन बिनास बढ्दै गएपछि छिमेकीहरु समेत सुकुम्वासी बन्दै गएकोे दुःखेसो पोख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो जमीन बगरमा परिणत भइ सु’कुम्बासी बनेपछि अहिले अर्काको जमीन ठे’क्कामा लिएर खेती गरेको छु ।” उहाँका अनुसार कुनै जमानाका जमीन्दारहरु समेत अहिले खहरेका कारण सु’कुम्बासी बन्दै गएका छन् ।
कमला नदी र खहरेले आफ्नो भएको जग्गा बगरमा परिणत गराएपछि जंगल फ’डानी गर्नेको सङ्ख्यामा समेत बृद्धि भएको छ । रानीवासको चन्दनपुरमा त जंगल फडानी गरेर बस्ती नै बसालिएको स्थानीय बासिन्दा बताउछन् ।
मरिण क्षेत्रको समस्या पनि कमलाखुज क्षेत्रको भन्दा कम छैन् । डाडीफाँटदेखि हरिहरपुरगढीसम्म वर्सेनि नयाँ–नयाँ खहरे जन्मिदै गएका छन् । त्यस क्षेत्रमा पनि चुरे वन बि’नास नै खेतीयोग्य जमीन ब’गरमा परिणत हुने प्रमुख कारण बनेको छ ।
जंगल अतिक्रमण र विनासले नै खहरे बढी खेती योग्य जमीन सकिदै गएको कनपा १ स्थित चण्डेश्वरी माविका शिक्षक दुर्गाराज देवकोटाले ठोकुवा गर्नुभयो । ‘जंगल अतिक्रमण भैरहेको छ, चो’री निकासी उत्तिकै छ । अनि बि’नास नभएर के हुन्छ त ?’ उहाँले भन्नुभयो, ‘जनचेतना जगाएर विनास र अ’तिक्रमणलाइ रोक्नु पर्दछ ।’
डिभिजन वन कार्यालयको एक तथ्याङ्क अनुसार जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६३१ हेक्टर रहेको छ । यो मध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भई सकेको छ । चुरे जंगलको तल्लो फाँटको तीन हजार ३८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भई सकेको कार्यालयको तथ्यांंकमा छ ।
प्राकृतिक प्र’कोपलाई नि’यन्त्रणमा लिन स्थानीय बासिन्दा आफै सचेत हुन पर्ने जिल्ला वन कार्यालयको भनाई छ ।