शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई नगरपालिकाद्वारा शैक्षिक प्रमाणपत्रका आधारमा ऋ’ण प्रदान

बिहिवार , जेठ २७, २०७८

सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिकाले शैक्षिक प्रमाणपत्रका आधारमा विनाधि’तो नि’ब्र्याजी पाँच लाख रुपियासम्म ऋ’ण दिन सुरु गरेको छ ।

कमलामाई नगरपालिका–५ निवासी सुनिता श्रेष्ठलाई उच्च शिक्षा (सिए) अध्ययनका बुधबार उक्त ऋण उपलब्ध गराएको कमलामाई नगरपालिकाले जनाएको छ । कमलामाई नगरपालिकाको नगर स्वरोजगार कार्यक्रम अन्तर्गत ती छात्रालाई उच्च शिक्षा अध्ययनका लागि उक्त ऋ’ण उपलब्ध गराएको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, ‘ती छात्राले काठमाण्डौको माईल स्टोन कलेजबाट होस्टल सुविधासहित फ्रि स्कोलरसिपमा कक्षा ११ र १२ पढेकी रहिछन् । सिए पढ्न भर्ना भएको, पढ्न पनि जान्ने तर घरको आ’र्थिक अवस्था क’म्जोर भएको पाईएकोले उक्त ऋ’ण उपलब्ध गराएका हौं ।’

अभिभावकले किस्ता तिर्न सक्ने सुनिश्चितता गरे नगरपालिकाका अन्य ग’रिब, जेहेन्दार र ईमान्दार पढ्न सक्ने छात्रछात्रालाई उच्च शिक्षा पढ्न शैक्षिक प्रमाणपत्रका आधारमा बिनाधि’तो र नि’व्र्याजी उक्त ऋ’ण उपलब्ध गराईने मेयर खत्रीको भनाई थियो । उहाँका अनुसार उक्त ऋण लिने व्यक्तिले सुरु पाँच महिनासम्म किस्ता तिर्नु पर्दैन । त्यसपछि १९ महिनामा कि’स्ता ब’न्दि रुपमा उक्त ऋण नगरपालिकालाई तीर्नु पर्ने हुन्छ ।

नगरपालिकाले नगर स्वरोजगार कार्यक्रम अन्तर्गत सुनितासँगै बुधबार अरु ११ जनालाई पनि उद्यम व्यवसाय सञ्चालनका लागि बिनाधि’तो निव्र्याजी दुई लाख रुपियादेखि पाँच लाख रुपियासम्म ऋण उपलब्ध गराएको छ ।

पैसा नभएका कारण व्यवसाय गर्न सकिन भन्नेहरुका लागि त्यसरी नि’ब्र्याजी बिनाधि’तो ऋ’ण लगानी गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । नगर स्वरोजगार कार्यक्रम अन्तर्गत बिनाधि’तो नि’ब्र्याजी ऋ’णको माग गर्दै करिब दुई हजार नौ सयले फर्म भरेका र ती मध्ये नगरपालिकाले प्रारम्भिक अनुगमन गरी छनौट गरेका उद्यमीलाई उक्त ऋण लगानी गरेको नगर स्वरोजगार कार्यक्रम सञ्चालक समितिका सदस्य सचिव एवम् कमलामाई नगरपालिकाका उद्योग व्यवसाय तथा प्रवद्र्धन शाखा प्रमुख सुलोचना लुईटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त ऋण पाउनेहरुमा उच्च शिक्षा अध्ययनका लागि एक जना, कुखुरा पालनका लागि एक जना, शैलुन व्यवसायका लागि एक जना, ईलेक्ट्रोनिक तथा फोटो स्टुडियोका लागि एक जना, बंगुर पालनका लागि एक जना, कृषि तथा पशुपंक्षि व्यवसायका लागि दुई जना, मासु पसलका लागि एक जना, बाख्रा पालनका लागि एक जना, व्युटिपार्लरका लागि एक जना र सिन्का उद्योगका लागि एक जनार रहेका छन् ।

चालु आर्थिक बर्ष ०७७/०७८ मा नगर स्वरोजगार कार्यक्रमका लागि एक करोड रुपिया बिनियोजन गरेको र सोही रकमबाट बिनाधि’तो नि’ब्र्याजी ऋ’ण लगानी सुरु गरिएको नगरपालिकाले जनाएको छ । पहिलो दिन उक्त ऋ’ण बितरण गर्दा ४४ लाख रुपिया सकिएको जनाईएको छ । कमलामाई नगरपालिकाले यसअघि युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बिनाधितो नि’ब्र्याजी ऋ’ण ४२ जनालाई दिएको जनाएको छ ।

प्रतिक्रिया