सिन्धुली – फिक्कल गाउँपालिकामा सरकारी कार्यालयहरुलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको छ ।
फिक्कलका वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी लगायत सरकारी निकायमा अप्टिकल फाईबर मार्फत ईन्टरनेट सेवा जडान गरी प्रविधि मैत्री बनाउन सुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
पालिकाका अनुसार नेपाल दुर सञ्चार प्राधिकरणको सहकार्यमा भु कम्पबाट अ ति प्र भावित सिन्धुली सहित आठ जिल्लामा ग्रामीण दुर सञ्चार विकास कोष प्रयोग गरी ब्रोडब्याण्ड ईन्टरनेट सेवाको क्षमता अभिबृद्धि तथा बिस्तार कार्यक्रम अन्तरगत सरकारी कार्यालयलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको हो ।
गाउँपालिकाका प्रबक्ता एवं. वडा नं. ५ का अध्यक्ष राजु बरालले उक्त कार्यका लागि नेपाल दुर सञ्चार प्राधिकरण र गाँउपालिका बीच समझदारी पत्रमा हस्ताक्षर समेत भई सकेको छ । सोही कार्यक्रम अन्तर्गत वडा नं. ५ सोल्पामा वडा कार्यालय, स्वास्थ्य चौकी, फिक्कल मावि सोल्पा, उद्धब स्मृति पार्क र सोको आसपासमा सेवा पुग्ने गरी अप्टिकल फाईबर मार्फत फ्रि वाईफाई जोन निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
कोभिडको ब’न्दाबन्दीको समयमा विद्यार्थीहरुलाई भर्चुअल र अनलाईन माध्यमबाट शिक्षण सिकाई गर्न सहज होस भनि मध्यपहाडी राजमार्ग पञ्चकन्यादेखि सोल्पासम्म अप्टिकल फाईबर विच्छ्याई फ्रि वाईफाई जोन निर्माण गरिएको हो । सूचना सम्प्रेषण गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको लागि सोल्पाठाना स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत १० एमविपिएस क्षमताको ब्रोडबाण्ड ईन्टरनेट सेवा जडान गरी चार दिन अघिदेखि सञ्चालनमा ल्याएको गाँउपालिकाका प्रबक्ता बरालले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं. २ मा रहेको सामुदायिक अध्ययन केन्द्र, लुम्ति मावि र वडा कार्यालयमा पनि उक्त ईन्टरनेट सेवा जडान गरि सेवा प्रबाह सुरु गरिएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले उक्त ईन्टरनेट सेवा जडानका लागि वडा नं. २, ३ र ५ निर्णय गरेकोमा अब वडा नं. ३ मा रहेका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकी बाँकी रहेको छ ।
बाँकी वडामा उक्त ईन्टरनेट सेबा क्रमसः जडान गर्दै जाने गाँउपालिकाको भनाई छ ।
भ’ुकम्प अति प्रभावित सिन्धुली सहित आठ जिल्लामा स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड ईन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने नेपाल दुर सञ्चार प्राधिकरणको योजना रहेको छ । सोही योजना अनुरुप सिन्धुलीका नौ वटै स्थानीय तहले समझदारी पत्रमा हस्ताक्षर गर्न १५ दिने सूचना प्रकासित गरी यसअघि नै बोलाई सकेको छ ।