काठमाडौँ ,२६ जेठ – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।
महासंघका अनुसार आज छा’पावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक २ रहेको छ भने ते’जावी सुनको मूल्य ९३ हजार ७ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।
आजको विदेशी मुद्राको वि निमयदर
काठमाडौँ ,२६ जेठ – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्टर्लिङ्ग एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।
आज स्वीस फ्रेङक एकको खरिददर १२९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ३५ रुपैयाँ रहेको छ ।
यस्तै, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।
अ’वैद्य कार्य रोक
सिन्धुलीमा नि’षेधाज्ञा भएसँगै अ’वैद्य रुपमा खोलाबाट बालुवा र ढुंगा निकाल्नेक्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अ’वैद्य रुपमा नदिजन्य पदार्थ उ’त्खनन् गरेको भन्दै केहि ट्रयाक्टरलाई समेत नि’यन्त्रणमा लिएको छ । अ’वैद्य रुपमा नदिजन्य पदार्थ ओसारपसार रोक्नकालागि प्रहरीको सक्रियतामात्र पर्याप्त हुदैँन । त्यसैले, स्थानिय सरकार लगायत सरोकारवाला निकायले थप क’डाई गर्न आवश्यक छ । नि’षेधाज्ञामा मानिसको चहलपहल धेरै नहुने हँुदा अ’वैद्य कारोबारमा संलग्न हुनेहरु प्रोत्साहित भएको अवस्था छ । तसर्थ, जिल्लाका खोलाबाट अवैद्य रुपमा उत्खनन् हुने ढुंगा र बालुवाको नि’यन्त्रणकालागि सम्बन्धित निकाय थप चनाखो हुन आवश्यक छ ।
पछिल्लो समय जिल्लामा नि’षेधाज्ञाकैबिच तराईबाट सु’र्तिजन्य पदार्थ लगायत अन्य अ’नावश्यक सामाग्रीहरु भित्रिको छ । यस्ले जो’खिम त बढाएकै छ, कर छलि पनि भइरहेको छ । अ’वैद्य रुपमा भित्रिने सामाग्रीको रोकथामकालागि जिम्मेवार निकायले विचार पुर्याउनुपर्ने बेला आएको छ । अतः जिल्लामा नि’षेधाज्ञाकैबिच भइरहेका अ’वैद्य कारोबारलाई रोक्नतर्फ सम्बन्धित पक्ष थप अग्रसर हुन आवश्यक छ ।