सिन्धुली – सिन्धुली र मकवानपुर जिल्ला जोड्ने निर्माणाधिन पक्कि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरबको मदन भण्डारी लोकमार्गको हेटौडा–सिन्धुली–चतरा अन्तर्गत पर्ने बागमती पुलको ११ वटा स्पान मध्ये अन्तिम स्पानको आईतबार ढलान भएपछि बागमती पुल सम्पन्न हुने चरणमा पुगेको हो ।
मकवानपुरको बागमती नगरपालिका–४ बागमतीटार र सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने ४१३ मिटर लामो पुलको निर्माण कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आबागमनमा सहज हुने भएको छ । सरकारले राष्ट्रिय गौरबको आयोजनाहरु समयमा निर्माण सम्पन्न हुनु पर्ने भन्दै द’वाव दिएपछि ठेक्का पाएको निर्माण कम्पनि स्वच्छन्द निर्माण सेवाले डेढ बर्षदेखि निर्माणको काम लाई तीब्रता दिएको बताईएको छ ।
हेटौडा–सिन्धुली–चतरा सडकको दुई खण्डलाई सिन्धुलीबाट पुर्व तर्फ पूर्वी आयोजना र पश्चिमतर्फको खण्डलाई पश्चिम क्षेत्र आयोजनामा बिभिाजन गरी निर्माण हुदै आएको छ । पश्चिमी क्षेत्र आयोजनाका ईन्जिनियर बिरेन्द्र महतोले पुल निर्माण भएपछि सिन्धुली र मकवानपुर लगायतका जिल्लाका बासिन्दालाई आवागमनमा सहजता सगै यस क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । मधेस आ’न्दोलन, भु’कम्प र ब’न्दाबन्दी लगायतका कारणले पुल निर्माण समयमा नसकिएको उहाको भनाई थियो ।
“पुलको एउटा पिल्लरको डिजाईन परिबर्तन गर्नु पर्ने भयो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनिको समस्याका कारण पनि तोकिएको समयमा पुल निर्माणको काम नसकिएको हो ।” २०६८ साल असार २९ गते निर्माण कम्पनिले पाँच बर्षभित्र सक्ने गरी २३ करोड ५३ लाख नौ हजार ३४४ रुपैयमा ठेक्का सम्झौता गरेको थियो । । भ्याटबाहेक उक्त रकममा ठेक्का सम्झौता गरेर काम सुरु गरेको निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न नसकेको भन्दै मदन भण्डारी लोकमार्ग निर्माण आयोजनाले ज’रिवाना समेत तिराएको थियो ।
ठेकेदारबाट काम गराउनको लागि १० प्रतिशत क्ष’तिपूर्ति बापत २ करोड १० लाख ४० हजार रुपैयाँ असुल गरिएको कार्यालयले जनाएको छ ।
गत बर्ष बन्दाबन्दिको समयमा निर्माणको कामलाई निरन्तरता दिएकोमा यो बर्ष पनि निषेधाज्ञाको समयमा निर्माणको काम भई रहेको छ । बर्षायाममा स्थानीय बासिन्दालाई जोखिम मोलेर बागमती नदि तर्नु पर्ने अवस्थाको अ’न्त्य गर्न एक साता भित्र पैदल यात्रुलाई पुलबाट आवतजावत गर्न दिईने गरी काममा तीब्रता दिईएको जनाएको छ ।
निर्माण कम्पनिका साईटईन्चार्ज सन्तोष सापकोटाका अनुसार सरकारले गौरबका आयोजनालाई निर्बाध सञ्चालन गर्न दिने जनाएपनि निर्माण सामग्री र मज्दुरको अभावका बीच काम गरि रहेको जानकारी दिनुभयो । पुलको एक्सपानसन ज्वाईन, फुटपाथ र रेलिङका साथै पुलको सिन्धुली र मकवानपुरतर्फको पँहुच सडक निर्माणको काम बाँकी रहेको छ । मक्वानपुरतर्फ पँहुच सडकबाहेक हेटौडाबाट पुल नजिकको भागसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।
सिन्धुली तर्फको सडकम पर्ने केही रुखहरु कटान गर्न बाँकी रहहेको र वन विभागबाट स्वीकृतीको चरणमा रहेको ईन्जिनियर महतोले जानकारी दिनुभयो । ईन्जिनियर महतोको अनुसार बागमती पुलको ८९ प्रतिशत र पँहुच सडकको ७८ प्रतिशत भौतिक प्रगती भएको छ । पाँचौ पटक थपिएको म्याद आगामी साउन १८ गतेसम्म रहेको पुलको सम्पुर्ण निर्माण कार्य सहित पँहुच मार्ग निर्माण कार्य पुरा गरी सबारी साधान चल्न सक्ने अवस्थामा पुग्न अझै समय लाग्ने उहाँले बताउनुभयो ।
जारी निषेधाज्ञाका कारण पुल निर्माणको म्याद थपिने उहाँले बताउनुभयो । अघिल्लो बर्ष बागमती नदीमा आएबो बाढीले बनाएको संरचनामा क्षति पु¥याएपछि निर्माण कार्यमा ढिलाई भएको थियो । पुल बनेसँगै बर्खाको समयमा एक जना व्यक्तिले खोला तर्नकै लागि ९ सय रुपैयाँ र मोटरसाइकलले ५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यताबाट मुक्त हुने बागमती गाँउपालिका फापर बारिका बासिन्दा शंकरकुमार पराजुलीले सुनाउनुभयो ।
सरकारले बहुवर्षीय योजनाको रुपमा काम गरेको मदन भण्डारी मार्गको सडक र पुल तर्फको समग्र प्रगति ९० प्रतिशत पुगेको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडासम्मको काम थालिए पनि अहिले झापादेखि डडेलधुरासम्म १२ सय ५० किलोमिटरमा सडकलाई बिस्तार गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय हेटौंडाले जनाएको छ ।
योजना कार्यालयका अनुसार मकवानपुर र सिन्धुलीमा बन्ने ३३ पुलमध्ये ३२ वटा निर्माण सम्पन्न भएको छ भने २ वटामा सवारी सञ्चालन हुन बाँकी छ । हेटौंडा–सिन्धुली खण्डको ११५ किलोमिटरमध्ये उपलब्ध साइडमा ९० प्रतिशत काम सकिएको योजनाका सूचना अधिकारी इन्जिनियर निराजन थापाले बताउनुभयो ।
योजनाको सिन्धुलीको घुरादेखि खट्टारसम्मको ९ किलोमिटर क्षेत्रको समस्यालाई सम्बोधन गर्दै ११ मिटर सडकलाई ९ मिटरको बनाउने निर्णय भएको छ । निर्माणको काम गरिरहेको कालिका कन्ट्रक्सनको समय अवधि असारसम्म भएपनि साइड दिन नसक्दा काम रोकिएको थियो । विभिन्न कारणले तराई बन्द रहँदा पूर्वी नेपाल चुरेको काखैकाख मकवानपुर निकाल्ने गरी काम थालेको हो ।
राजमार्गको सडकतर्फको सबै काम कालिका, स्वच्छन्द ¥याङकेन जेभिले गरिरहेको छ भने पुलतर्फ वाग्मतीको बाहेक अन्यत्र अनक कन्ट्रक्सन र लुम्बिनी जेभीले काम गरिरहेका छन् । ११ मिटरको सडक ७ मिटर चौडा सडक अक्फाल्ट पिच गर्ने योजनासहित काम चालु अवस्थामा छ ।