जनकपुर,२३ जेठ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहनिकट चारजना मन्त्रीलाई ब’र्खास्त गर्नु भएको छ ।
उपेन्द्र यादवनिकट मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई ब’र्खास्त गर्नुभएको हो ।
जसपाको ठाकुर–राजेन्द्र महतो समूहका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री राउतले आइतवार राति ह’टाएको पत्र प्रदेश प्रमुख डा.राजेश झाको सचिवालयमा दर्ता गराइ सक्नु भएको छ ।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हे’रफेर गरिएको पत्र प्राप्त भएको पु’ष्टि गर्नु भएको छ । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।
विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आ’न्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।
जसपाको ठाकुर समूह शुक्रबार मात्रै संघीय सरकारमा गएको छ । ठाकुर–महतो ओलीको प’क्षमा उभिँदा उपेन्द्र यादव पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग मिलेर सरकारमा जान तयार हुनुहुन्थ्यो ।
तर ओलीले ब’हुमत जुटाएर ठाकुर समूहका १० नेतालाई मन्त्री बनाइसकेका छन् । प्रदेश २ मा उपेन्द्र यादवले कांग्रेसको साथ लिएर सरकार बनाउने कोसिस थालेका छन् ।
केही दिनअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई प्रदेश २ सरकारमा आउन भनिसकेका छन्। तर निधिले जसपाले ३ वर्ष सरकार चलाइसकेकाले अब बाँकी समय कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका छन्।