काठमाडौं, २३, जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ ।
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई ह टाइएका कारण ७ वटा मन्त्रालयहरु खा ली छन् । खा ली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् ।
खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई समेत समेट्ने प्रधानमन्त्री ओलीको तयारी छ ।
कोको बन्दैछन् मन्त्री ?
एमाले उच्च स्रोतका अनुसार खा ली रहेका मन्त्रालयमध्ये र क्षा प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । बाँकी मन्त्रीहरु आजै नियुक्त गरेर आजै स पथ ग्रहण गर्ने तयारी छ ।
प्रधानमन्त्री ओलीले गृ ह मन्त्रालयमा चुनाव गराउन सक्ने भ रपर्दो पा त्रको खोजी गरेका छन् । यसक्रममा महेश बस्नेतको नाम च र्चामा आए पनि प्र हरी संगठनले उनलाई न रुचाएपछि खगराज अधिकारीलाई गृ हमन्त्री बनाउने सम्भावना बढेको बालुवाटार स्रोतले बतायो ।
तथापि बस्नेतले भने पार्टीलाई सफल बनाउनका लागि आफूले. गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । गृहमा कर्ण थापाले पनि दा बी गरेको बुझिएको छ । एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने प क्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव ह राएर सांसद बनेका व्यक्ति हुन् ।
त्यसैगरी पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम पनि मन्त्रीका रुपमा च र्चामा छ । दैलेख घर भएकी पार्वती बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई वि श्वासको मत दिने बेलामा अ नुपस्थित थिइन् । त्यसपछि माधव नेपाल समूह छा डेर उनी ओली स मूहमा लागेकी थिइन् ।
पूर्वबाट विशाल भट्टराई र राजेन्द्र राई (धनकुटा) को नाम च र्चामा छ । गण्डकीबाट विद्या भट्टराईको नाम पनि च र्चामा छ । तर, खगराजलाई गृ हमन्त्री बनाउने अ वस्थामा एउटै प्रदेशका दुई जनालाई के गर्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।
पूर्वमाओवादीलाई पनि समेट्ने तयारी
राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चि त्त बु झाउने त यारीमा प्रधानमन्त्री ओली लागेका छन् ।
त्यस्तै कर्णाली प्रदेश सरकारको राज्यमन्त्रीबाट नि कालिएका अछामका प्रकाश रावललाई पनि मन्त्री बनाउने तयारी छ । त्यस्तै माओवादीबाट नि कालिएकी प्रदेश २ कि प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको नाम पनि मन्त्रीका रुपमा च र्चामा छ ।
त्यसो त पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पनि गृहमन्त्रीमा दोहोरिने चाहना व्यक्त गरेका थिए । तर, बादलसहितका ७ मन्त्रीलाई सर्वोच्च अदालतले व्यक्ति नै तो केर मन्त्रि बन्न न मिल्ने भनेकाले बादललाई गृ हमन्त्री बनाउन नसकिने बालुवाटारले ज वाफ दिएको बुझिएको छ ।
प्रधानमन्त्रीले र क्षा मन्त्रालय आफैंसँग राखेर मन्त्रिपरिषद विस्तार गर्ने हो भने ७ जना मन्त्रीहरु थप्दा मन्त्रिपरिषदको कुल संख्या २४ पुग्छ । यो अवस्थामा थप एकजना राज्यमन्त्री बनाउन मिल्छ । संविधानले २५ जनाभन्दा बढीको म न्त्रिपरिषद बनाउन दिँदैन ।