शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्रिपरिषद् विस्तार गर्दै ओली

शनिवार , जेठ २२, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहबाट आठ मन्त्री र दुई राज्यमन्त्री समेटेर शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका ओली आइतवार विस्तार तयारी गरेका हुन्।

स्रोतका अुनसार सम्भवत आइतवार एमालेबाट तीनदेखि चारजना नयाँ मन्त्री थपिने सम्भावना छ। ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँसँग राखेका छन्।

माधव नेपाल समूहका केही नेताहरुसँग व्य क्तिगत तहमा वार्तामा रहेका ओलीले सातवटा मन्त्रालय आफैंसँग राख्नुलाई अ र्थपूर्ण मानिएको छ। उनले सातमध्ये कम्तीमा चार मन्त्रालयमा आइतवार नयाँ मन्त्री ल्याउने स म्भावना छ।

थपिने मन्त्रीहरूमा हिजो मात्रै सरकारबाट बा हिरिएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको पनि नाम च र्चामा छ। उनी सवा तीन वर्ष परराष्ट्रमा बसेर बा हिरिएका थिए। ज्ञवालीलाई ओलीले गृ हमन्त्रालयमा तान्ने योजनासहित छलफल अघि बढाइरहेको स्रोतले जनाएको छ।

दाबी महेशको

भक्तपुरका नेता महेश बस्नेतले यसअघि गृहमन्त्रीमा दा बेदारी पे श गरेका थिए। तर उनको नाम गृ हका लागि आएपछि एमालेभित्र वि वाद भएको थियो। प्रधानमन्त्री ओलीले नेता बस्नेतलाई रामबहादुर थापा बादलको स्थानमा गृ हमन्त्री बनाउन चाहेपछि वि वाद भएको थियो।

नि वर्तमान गृहमन्त्री बादलले मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर शुक्रबारै प्रधानमन्त्रीलाई भेटेर नै आ पत्ति जनाइसकेका छन्। बादलको ठाउँमा महेशलाई लैजाने प्रधानमन्त्रीको चाहनामा राष्ट्रपति विद्यादेवी भण्डारी पनि बा धक बनेकी छन्।

तत्कालीन संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवसहितलाई अ प हरण गरेको आ रोपले एक वर्षदेखि वि वादमा परेका बस्नेतलाई त्यहीकारण राष्ट्रपतिले पनि गृहमन्त्रीका रुपमा न रुचाएकी हुन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले बस्नेतलाई यदि वि वाद नभएको भए हिजै गृहमन्त्रीका रुपमा नियुक्त गर्ने तयारी गरेका थिए। तर एमाले भित्रैको वि वाद र राष्ट्रपतिको समेत अ निच्छाले महेशको गृ हमन्त्री बन्ने योजनामा ध क्का लागेको छ।

राष्ट्रपतिले महेशको नाम गृहमन्त्रीका रुपमा आएमा सपथसम्म गराउन आफू त यार न हुने जनाउ प्रधानमन्त्रीलाई दिएकी थिइन्। एमाले भित्रैका केही नेताहरुले पनि बस्नेतलाई गृहमन्त्री दिँदा ठीक नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए।

त्यसपछि ओलीले वि कल्प खो ज्न थालेका थिए। विकल्पका रुपमा परराष्ट्रबाट बाहिरिएका ज्ञवालीलाई गृहमा लाने गरी ओलीले छलफल थालेका हुन्।

महेशलाई गृहमा लाने कुरा विवादित भएपछि ओलीले वै कल्पिक मन्त्रालय खोजी गरेका छन्। महेशलाई आफैंसँग राखेको सञ्चार प्रविधि तथा सूचना मन्त्रालयको जिम्मेवारी दिने योजना ओलीले बनाएको स्रोतको दाबी छ।

उता गृ हमा पूर्व स्वा स्थ्य मन्त्री खगराज अधिकारीले पनि दा बी गरेका छन्। उनले गृहमा दा बी गरे पनि ओलीले ज्ञवालीलाई रोजेको बताइएको छ। ओलीले तत्कालै महेश र प्रदीपसँगै ना रदमुणि राना र निरु पाललाई पनि मन्त्री बनाउन सक्नेछन्।

यो पटक मन्त्रीका दावेदारमा खोटाङका विशाल भट्टराई, धनकुटाका राजेन्द्र राई, संखुवासभाका राजेन्द्र गौतम पनि छन्। तर उनीहरुलाई मन्त्रीका रुपमा लैजाने कुरा अझै अ निश्चित छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पु नर्गठन गरेर सातवटा मन्त्रालय आफैसँग राखेका छन्। माधव पक्षका केही नेता आउन सक्ने उनको आँ कलन छ। अर्कातिर माओवादीबाट आएका नेताहरुको मु द्दा पनि सर्वोच्चले टुंग्याउन सक्ने सम्भावनाबीच ओलीले ती मन्त्रालय हो ल्डमा राखेका हुन्।

प्रतिक्रिया